एक जमाना थ्यो

एक जमाना थ्यो :

मान्छेले पेट्रोलपम्प छानी छानी तेल हाल्थे,
घरमा १-२ सिलिन्डर ग्याँस एक्स्ट्रा हुन्थ्यो,
ट्राफिक नियम अलेली भएपनि पालना हुन्थ्यो,
मान्छेहरु अरुका नि कुरा सुन्थे,
पुलिसले लाठीचार्ज टियरग्याँस हान्थ्यो,
आन्दोलनकारीले टायर बाल्थे,
एम्बुलेन्स औषधीमा आक्रमण हुन्थेन,
सरकारले कालाबजारीलाई नियन्त्रण गर्ने प्रयास गर्थ्यो,
बोल्न ह्यास् ट्याग चाइन्थेन,
नागरिक समाज भन्ने थियो,
पत्रकार थिए,
मानवअधिकारकर्मी र अभियन्ता थिए,
नेपाल बन्द लगायत क्रुरताको सबैले विरोध गर्थे,
समाधान र बिकासको बहस हुन्थ्यो,
साहित्य, कला, सङ्गीत र खेलकूद थियो,
वाह,
एकै बर्ष अघिसम्म,
क्या जमाना थियो ?!?

त्यस्पछि,
संविधान आयो ! 

1 comment:

  1. हा हा... ब्रो ले कमेडी गर्छ....

    ReplyDelete

ShareThis