'मान्छेको रङ' भित्रका रङहरु

२०७१ माघ १७ गते कथाकार आन्विका गिरीको दोश्रो कृति "मान्छेको रङ" सार्वजनिक भयो साङ्ग्रीला बुक्सले प्रकाशन गरेको पुस्तक माओवादी द्वन्द्वमा पिल्सिएका केही सर्वसाधारणहरुको कथा हो पुस्तकमा ३७८ पृष्‍ठ छन्    
The Book "Manchheko Rang" by Anbika Giri
इमान्दारीपुर्वक भन्नुपर्दा यो पुस्तक पढेर केही लेख्ने योजना थिएन, बीचमा - पटक मलाई ह्या किन पढिरा'होला, छोड्दिम जस्तो पनि लाग्यो तैपनी पढेर सकाउँदा केही नलेखी रहन सकिन भलै यो पुस्तक समीक्षा होइन, पुस्तक पढेर मनमा आएका कुरा हुन्   

पुस्तकमा तीन जना पात्रहरुले -आफ्नो कथा प्रस्तुत गर्छन् ती कथाहरु एक अर्कासङ्ग नमज्जाले जेलिएका छन् बिभिन्न पात्रहरु बिभिन्न समयमा बिभिन्न रङमा आउँछन् जान्छन् शहरको भिन्दै रङ, गाउँको भिन्दै रङ क्रान्तिका नाममा जे पनि गर्न चाहनेको एउटा रङ , त्यस्लाई आफु अनुरुप व्याख्या गर्नेहरुको अर्को समग्रमा रङ्गीचङ्गी मान्छेका रङ छन् यस्मा एक मुख्य पात्रको वरीपरी रहेर बिभिन्न पात्रका दृष्टिकोण चाखलाग्दो तरीकाले पेश गरिएको  

युद्दको समयको गाउँको बातावरणको पनि सजीव वर्णन रहेको पुस्तकमा, त्यो बेलाको समाज त्यो बेलाको वर्गीय विभेदका कुराहरु प्रष्ट रुपमा पेश गरिएका छन् पात्र स्थानको वर्णन कलात्मक , त्यो ठाउँमा आँफै पुगेको या ती मान्छेहरुसँग बोलिराखेको अनुभव हुन्छ क्रान्तिको रङमा पनि मान्छे मार्नु गलत हो, पढ्नु पर्छ, अरुलाई सकेसम्म सहयोग गर्नुपर्छ भन्नेखालका मान्छेहरु पनि थिए भन्ने कुरा पात्रहरुले प्रस्तुत गर्छन्  

कथा सानैबाट क्रान्तिकारी बन्ने सपना पालेकी एउटी किशोरीको वरीपरी घुम्छ पुस्तकमा हिरो छैन हिरो हुन-हुन खोज्ने दुई तीन थान पात्रहरु भएपनी पुस्तकमा धेरै चर्चा भएको गोर्कीको "आमा" उपन्यासमा झैं महिला पात्र अझ भनौं महिला पात्रहरुलाई बलियो पाराले उभ्याएकी छिन् उपन्यासकारले युद्द क्रान्तिका वास्तविकता नबुझ्दै क्रान्तिमा सामेल भएर देश बनाउन हतारिएकी एउटी किशोरीको अनुभूती भन्दा फरक पर्दैन यस्लाई  
'आमा, अब क्रान्तिकारी कम्युनिष्ट हुन चाहन्छु', मैले एक्कासी आमाको हात समाएँ  
'केही हुँदैन क्रान्तिकारी भएर', आमाले मेरो चीउँडो समातेर भन्नुभयो, 'तँ फोहोरी मात्र हुन्छेस्।
'आमा उनीहरु फोहोरी होइनन्, क्रान्तिकारी हुन्' बेकार हुने जान्दाजान्दै पनि आमालाई मैले फेरी सम्झाएँ पृष्‍ठ १२०)  
एउटा सत्य घटना सुनाउँछु काठमान्डुमा क्याम्पस पढ्थें, गरीबी भएका कारणले खासै मान्छे गनिन्नथें बिदा हुँदा घर गैराख्थें घर गएका बेला माओवादीहरु आउँथे उनिहरुको जीबनशैली, बोलीचाली, हाउभाउ उत्साहले खुब प्रभावित पार्थ्यो मलाई गर्न के हिंडेका हुन् नबुझेपनि दालमोठ च्युरा पानीका भरमा सबैलाई नमस्ते गर्दै हिंड्ने ती युवाहरु मलाई गजप लाग्थे रेडियोले आतंककारी भन्दा मलाई यस्ता मान्छे कसरी आतंककारी हुनेहोलान् झैं लाग्थ्यो उपन्यासकी किशोरी पनि लगभग त्यस्तै सोच्छिन् क्रान्ति कसरी हुन्छ भन्ने नबुझेरै थिचोमिचो हुनुहुन्न देश परिवर्तन हुनुपर्छ भन्ने बुझ्छिन्
दुवै हात कम्मरमा राखेर मरी मरी हाँस्यो एकछिन अघिसम्म रोइरहेको हाँसेको देखेर लाजले डल्लो परें  
' क्रान्तिकारी बन्न सक्छु है?' मैले पक्का गर्न सोधें  
'यहाँ के ?' उस्ले आफ्नो छातीमा हात राखेर सोध्यो
'यहाँ देशका लागि जे पनि गर्न सक्छु भन्ने ', मैले पनि आफ्नो छातीमा हात राखेर भनें  
'त्यसो भए के को चिन्ता', उस्ले मेरो गाला थपथपायो पृष्‍ठ २१२

उपन्यासले अहिलेसम्म जनयुद्धका बिषयमा नउठाइएका या कम चर्चा गरिने आत्मसमर्पण गर्नेको मानसिकता, आत्मसमर्पण गर्ने पार्टीमा लाग्नेको परिवारको भोगाइ छट्पटाहटलाई उजागर गरेको , युद्धका क्रममा हुने अन्य बिषय छँदैछन् एउटै मोर्चामा रहेका मान्छेहरुबीच पनि विरोधाभास देखाएर लेखिकाले समाजजस्तै क्रान्ति युद्दमा पनि बिभिन्न रङका मान्छे हुन्छन् थिए भनेर देखाउन खोजेकी छन् एउटै घरभित्रका, एउटै मोर्चामा रहेका, एउटै समाजका मान्छेहर्को थरीथरी मनोदशा देखाउन सफल उपन्यासको शीर्षक यस् अर्थमा एकदमै सार्थक देखिएको  

पुस्तकमा प्रेमको पनि उपस्थिती प्रेमका बिषय आउँदै हराउँदै गर्छन् स्कुलको प्रेम, क्रान्तिको मोर्चामा हुने प्रेम शहरमा हुने प्रेम बेलाबखत झुल्किन्छन् अनि हराउँछन्
'माया, तिमीले अब केही समय पर्खिनुपर्छ', उसले आफ्नो हात मलाई दियो  
' अब सक्दिनँ', मैले उस्को हात समाइनँ  
'तिमिलाई कहीँ केही गर्न सक्दिन यतिखेर ', उस्ले हात दिइ नै रह्यो, 'तिमी निराश नहोउ।
मैले फेरी ढाड फर्काएँ  
'माया, तिमीलाई प्रेम गर्छु' उसले सुस्तरी भन्यो पृष्‍ठ ३२७)  

उपन्यासमा केही कमजोरीहरु पनि छन् शुरुको उत्साहप्रद शुरुवातपछि बीचका केही भाग अस्वाभाविक पट्ट्यारलाग्दा छन् धेरै ठाउँमा लेखक अली बढी नै भावुक भएर पात्रलाई आफ्नो कुरा भन्न लगाएको या रटेर पढाएको जस्तो देखिन्छ संवाद कथानक अलिक स्वाभाविक भएका भए हुने, विशेषगरी माया सानो छँदाका संवादहरु अलिक बढी नै भावुक छन् लेखक उपन्यासभरी नै उपस्थित रहने प्रयास गरेर होला, पात्रहरु अलिक बढी नै हौसिने या अलिक बढी प्रभावित हुनेजस्ता देखिन्छन् गलत हुन पनि सक्छु किनभने मैले मोर्चामा युद्ध लडेको छैन  
जेठ्को एउटा साँझमा पत्रीकामा यस्तो खबर पढेपछि रोकिए, 'हजुरबुवा, मदन भन्डारी मर्नुभएछ '
'अगाडी पढ् ' हजुरबुवाले हकार्नुभयो  
' पढ्दिनँ ' मैले पत्रीका हजुरबुवाको हातमा थमाएँ, 'कस्ले मार्यो ? पुलिसलाई खबर गर्छु।' (यो भन्दा माया कक्षा एकमा पढ्ने हुन्छिन्  पृष्‍ठ ७३)  

युद्दका बेला हुनेगरेका कमजोरी ज्यादतीहरुका बिषयमा पनि उपन्यास अलिक चुप माया सानै छँदा मान्छे मार्नु हुँदैन भन्ने कतै कतै बोल्न लगाइए पनि क्रान्ति गलत हुनैसक्दैन भन्ने जताततै भेटिन्छ गद्दार या नैतीक विचलनका नाममा आफ्नै पार्टीका मान्छेलाई पाखा लगाउने लगायतका विषय पनि उठ्छन् तर टुङ्गोमा पुग्नेगरी होइन  

उपन्यासको सम्पादनमा अलिक कमजोरी भएको हो कि, एकै खालका वर्णनहरु धेरै ठाउँमा हुँदा अलिक पट्ट्यार लाग्छ सम्पादनमा अलिक जाँगर लगाएको भए पुस्तक अलिक कम मोटो बढी चाखपूर्ण हुन्थ्यो कि भन्ने लाग्यो  
Writer Anbika Gir (image : her facebook)

समग्रमा राजेन्द्र मास्केद्वारा अनुवादित 'अग्नी दिक्षा' लगायत रसिएन उपन्यासहरुको नेपाली अनुवाद पढेर हुर्केको मलाई यो उपन्यासले नेपाली क्रान्तिकै नेपाली लेखाइको अनुभव गरायो त्यो समय अव रहेन तर द्वन्द्वको एक दिशा बुझ्न यो उपन्यास पठनीय कृति हो युद्द नभोगेका, युद्धमा जानेहरुको उत्साह नबुझेकालाई पट्ट्यार लाग्नसक्छ तर कुरा के हो भने अहिलेको माओवादी नेत्रित्व हेरेर त्यो बेला ज्यान भविष्यको माया नगरी युद्दमा कुद्नेहरुको मुल्याङ्कन गर्नु गलत हुनेछ  

 पुस्तकले एक राम्रो महिला आख्यानकारको रुपमा आन्विकालाई थप स्थापित गराउने पक्का जे होस् सशक्त कृतिका लागि लेखिकालाई बधाई

1 comment:

  1. It seems good book to read, I look forward to read it, Thanks for nice article on it
    Please also read http://www.rajeevjha.com/i-have-an-obligation-to-myself/ an awesome post of Rajeev Jha

    ReplyDelete

ShareThis