समर लभ - फिल्मी प्रेम

बजारमा प्रणय दिवस या सप्ताहै भनौं, को धुमधाम छ । संयोगले यही समय सुबिन भट्टराईको "समर लभ" पढियो । फाइनप्रिन्टका अजीत बरालले किताप दिन्छु भनेर अप्रिल फूल बनाए :P, तैपनी २७५ को किताप किनेरै पढियो । समग्रमा राम्रै लाग्यो, सरल भाषामा लेखिएको प्रेमकथा सलल बग्ने खालको छ । पढ्दा दिक्क लाग्ने हुँदैन, अलिक जाँगर लगायो भने एकै बसाइमा सकिन्छ पनि । सुबिनको दोश्रो किताप हो रे यो, तर "कथाकी पात्र" भन्ने उन्को पहिलो पुस्तक मैले देखिन । कलेज लाइफमा गरिएको प्रेमले पढ्नेलाई आफ्ना कलेजका दिन सम्झाउँछ । 
Subin Bhattarai and Summer Love

कथा साधारण छ, केन्द्रीय क्याम्पस किर्तिपुरमा बातावरणीय बिज्ञान पढ्ने केही पात्रहरुको सम्बन्धको उतार चढाब वरिपरी फन्को मार्दै यो सकिन्छ । स्नातकोत्तर त्यहाँको कौतुहलमा आइपुगेको अतीत शर्मा र साया शाक्य यस् पुस्तकका मुख्य पात्रहरु हुन् । किरण, प्रतीक्षा, अनु, सुस्मिता, दिब्याहरु पनि कथाक्रममा आउँदै हराउँदै गर्छन् । कथा को पहिलो भाग प्रेम पाउन गरेको प्रयासमा केन्द्रित छ भने दोश्रो चाँही प्रेम जोगाउन । कथा एकनासको छ, सम्पूर्ण कथा लेखकलाई मुख्य पात्र "अतीत"ले नै भनेको हो । यसकारण यो उपन्यास अतीतको दृष्‍टिकोणमा आधारित छ । 
चल्तीको भाषा प्रयोग, सरल र साधारण कथानक, कम सस्पेन्स, थोरै पात्र र कथाको एक खण्डमात्रै समाबेश पुस्तक भएकाले पढ्न झूर नलाग्ने खालको छ । यो शहरीया कलेज जेनेरेसनप्रति लक्षित पुस्तक हो, बिकाउ शैलीका कारण राम्रै ब्यापार पनि होला । "साहित्यको उत्थान सम्बर्धन र बिकास" जस्ता भारीभरकम लक्ष पनि यस्ले बोकेको देखिन्न । पढ्यो, आनन्द लियो अनि बिर्सियो शैलीको पुस्तक हो यो । 
सिधै भन्दा सुबिनले भारतीय युवा लेखक चेतन भगतको शैली पछ्याएको देखिन्छ, पुस्तकको शुरुवात र अन्त्यका साथै बिचमा हुने निकै घटना त्यससँग मिल्छन् । यदि तपाईंले चेतनको "टु स्टेट्स्" या "रिभोलुसन २०२०" पढ्नुभएको छ भने यो पुस्तक नपढे पनि तपाईंले खासै धेरै मिस गर्नुहुन्न । अचानक शुरु भएको प्रेम र अचानक अन्त्य हुने प्रेमका साथै प्रतीक्षा र किरणको लभ स्टोरी अनि बा-आमा नभएका बेला ससुराली भन्दै जाने धेरै घटना फिल्मी लाग्छन् । लेखकले जति समय प्रेमको शुरुवातलाई सुन्दर देखाउन खर्च गरेका छन्, भलै फिल्मी किन नहोस्, प्रेमको अन्त्य कन्भिन्सिङ देखाउन त्यो लगाइएको छैन । त्यसैले बियोगपछिका घटना मार्मिक भन्दा बढी स्क्रिप्टेड लाग्छन् र कुनै त अनाबस्यक तन्काइएको जस्तो देखिन्छ । सुष्मिता अचानक किन त्यति दयालु हुन्छिन् चाहिएको बेला आउने र नचाहिएपछि हराइदिने भन्ने बिषय पनि अनुत्तरित छ । यी सबै कुराले गर्दा "समर लभ" उपन्यास कम, फिल्मको स्क्रिप्ट ज्यादा देखिन्छ । 
यो प्रेम सिजन हो भनिन्छ, प्रेम गर्नेहरुलाई साधारण बस्तुहरु पनि सुन्दर लाग्छन् । सिजन सेलेब्रेट गर्न या मेट्रो शैलीको प्रेम बिषयक किताप मन पराउनेहरुले बिना संकोच "समर लभ" उठाए हुन्छ । निकोलस स्पार्क्स या चेतन भगतका सिरिज नै पढ्नेहरुका लागि यो कितापले 'लोकल टेस्ट' दिनसक्छ, (IIT को ठाउँमा TU :P)। पढेर ज्ञान, भाषाशैली या गम्भीरता खोज्नेहरुले दु:ख नगर्दा भो, २७५ असुल हुन्न !         
समग्रमा आधुनिक प्रेमको फिल्मी चित्रणलाई समर लभ भन्दिए फरक पर्दैन !
(तस्बीर सुबिनकै फेसबुक पेजबाट लिइएको हो !)

6 comments:

  1. Felt like I read the book, with this review :-)

    ReplyDelete
  2. thanks Eureka! In fact I was lazy to write this review, to compare, u may check my previous book reviews! :))

    ReplyDelete
  3. I read this book ,i like it

    ReplyDelete
  4. Came back to your blog after long time.liked it! Though I don't have thos book but I feel like I read it :-) thank u!

    ReplyDelete

ShareThis