Occupy Baluwatar, महिला हिंसा र तर्क-कुतर्क

गत हप्तादेखि काठमाडौंमा एउटा "Occupy Baluwaatar" भन्ने शब्द र त्यस्ले गर्ने प्रदर्शन साह्रै चर्चामा छ, काठमान्डुको एउटा जमात (बिशेषगरी सिकेलालका शब्दमा कन्भर्स र जिन्स लगाउने फेसनेबल शहरीया जमात) सडकमा ओर्लिएको छ, प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्दै महिला हिंसाका पीडितहरुलाई न्याय र पीडकहरुलाई कारबाहीको माग गर्दै । पत्रपत्रीकाहरुमा महिला हिंसाका समाचार यसरी छाउन थालेका छन् कि मानौं यस्भन्दा अघी महिला हिंसा हुँदैनथ्यो र दिल्ली या त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा भएका महिला हिंसाका घटनाबाट यी शुरु भएका हुन् । बालुवाटार घेर्नेको संख्या बढ्दो छ र "We Want Justice!"को नारा चर्कँदो पनि । हातमा आइप्याड या आइफोन बोकेर गलामा DSLR झुन्ड्याउने जमातले गत हप्तादेखि हल्लाखला गरेर त्यस क्षेत्रका VVIPहरुको दिमाग खराब गरेको छ । सामाजिक, राजनीतिक र ब्यबसायिक क्षेत्रमा काम गर्ने धेरैलाई त्यहाँ देख्न पाईन्छ, हातमा प्ले-कार्ड या नारा समातेर न्यायको खोजीमा प्रदर्शन गरिराखेको । 
Occupy Baluwata Candle march (Pic : Facebook Page of Occupy Baluwatar)
यस् प्रदर्शनको पक्ष र बिपक्षमा अनेक तर्क गर्लान् तर्कबाजहरु(उनीहरु सबै थोक जान्दछन् र जेमा पनि आफ्नो तर्क बजार्दिन सक्छन्)ले तर्क गर्लान् तर म ढिलो भएपनि भएको यस् कदमप्रति सकारात्मक छु । "महिला अधिकार" बेच्न खोलिएका अनेक NGO का दोकानहरु हुन् या पार्टीको भगिनी संगठनहरु जो जिन्दाबाद र मुर्दाबादमा आफुले संसार थामेको देख्ने महिला संगठनहरु, यीनिहरु भन्दा अलिक पर "मुद्दा"केन्द्रित रुपमा शुरु भएको यो बहस तथा चेतना निकै सकारात्मक छ । होला केही मान्छेका यता पनि सेलिब्रेटी हुने दाउ होलान् अनि केहीका PR बढाउने तथा मस्ती गर्ने माध्यम, तर मुख्यतया त्यहाँ म जस्ता युबाहरुको पनि उपस्थिती छ ठुलै संख्यामा जो "महिला" भएकै आधारमा गरिने तथा गराइने पाशविक व्यबहार, न्यायमा ढिलाई र असुरक्षाको बिरोधमा त्यहाँ ओर्लिएको छ, न्यायको खोजीमा । केहीले यस्लाइ फेसन देख्लान् या केहीले ढोंग, तर फेसनै सही, युबा जमात "टाइट जिन्स" लगाएर मल्टिप्लेक्स या कफी चेनमा ह्यांगआउट गर्न छोडेर जबर्जस्ती दबाइएका आवाजहरुको पक्षमा बोल्दिन जान्छ भने त त्यो फेसन राम्रै हो नि होइन र ??
Saraswati Subedi's father, asking for Justice ( image by : ई॰ शा॰ न॰ (Ishaana Īśāna) on Facebook)
यस्ता मुभमेन्टले केही भसक्कै नउल्टाउलान्, राजनीतिक नेताहरुले भनेको भनेकै गर्ने तर कहिले नआउने "आमूल परिवर्तन" नि नल्याउलान्, तर एक हदको चेतना त बिस्तार भएको छ नि । जस्ले पीडितहरुका पक्षमा बोल्ने साहस त गरेको छ । भोली यी मुभमेन्ट तुहिएर जालान्, नेपाल युनाइट्स् जस्तै, तर सरस्वती सुबेदी, सिता राइ या उनीजस्तै हजारौं महिलाहरुमाथी भएको अत्याचार त बाहिर आयो नि कम्तीमा । यी घटना युगौंदेखि हुँदै आएका हुन्, मेरो ७ बर्षको मानब अधिकार आयोग अनुभबमा मैले यस्ता अनेक घटना देखेको सुनेको र पीडा देखेको छु । बोक्सीको आरोपमा मलमूत्र खुवाइ झन्डै हत्या गरिएकी महोत्तरीकी मरणीदेबी महतो हुन् या सहकर्मीहरुबाट प्रहरी सुरक्षा घेरा भित्रै बलात्‍कृत सुन्तली धामी, सेनाबाट पक्राउ पछि बलत्कार गरेर हत्या गरिएकी काभ्रेकी किसोरी मैना सुनुवार हुन् या हालसालै आफ्नै देशको बिमानस्थलमा अध्यागमन र पुलिसबाट प्रताडित सिता, हाम्रो पुरुष प्रधान समाजले महिलामाथि अत्याचारका अनेक 'ट्रिक' प्रयोग गर्दै आएको छ । दाईजोका निहुँमा जलाइएका, बोक्सी भएको आरोपमा आफन्तहरुबाटै पीडित, छाउपडी, "महिला" भएकैले पाइने स्पेसल शोषणहरु पाउनेको कुनै लेखाजोखा छैन, न त गर्ने फुर्सद कसैलाई छ । न न्याय संयन्त्र, न प्रहरी प्रशासन, न अधिकारे दुकानहरु न त बोर्डमा मात्रै "महिला" लेख्ने संगठनहरु, सबैलाई आफ्नै धुन छ र आफ्नै दुनो सोझ्याउनु छ । कहिलेसम्म यस्तो? उत्तर कोही माइका लाल सँग भए मसँग संपर्क राखोस् । 
Occupy Baluwatar movement Protest (image : ई॰ शा॰ न॰ (Ishaana Īśāna))
हाम्रो न्यायप्रणाली नै "न्यायको खोजी" रोक्ने किसिमको छ । कान्तिपुरका पत्रकार घनश्याम खड्काका शब्दमा आपराधिक् घटनाहरुको मुदा दर्ता गर्न नै समस्या देखा पर्छ, न आँफै मुद्दा दर्ता गर्न पाईन्छ ता कि आफ्नै सुरले न्यायको खोजी गर्न सकियोस् न सम्बन्धित निकायले "माथी"को ईशारा बिना टेरपुच्छर लाउँछ । केही कारणले मुद्दा मामिलामा गैहाले पनि हरेक सचेत नागरिकलाई प्रष्ट छ न्याय भन्ने जिनिस मङ्गलबजार रुटको टेम्पो भन्दा पनि ढिलो आउँछ । त्यस्मा पनि "पहुँच"का आधारमा बङ्याइ मर्काइ अन्तिम फैसला हुन्जेल रङ्ग खुइलिएर अर्कै भैसक्छ धेरैजसो । त्यही भएर धेरैजसो शोषण र अत्याचारहरु बाहिरै आउन्नन् र आए पनि असरल्ल पर्छन् न्याय नपाएर, कारण स्पष्ट छ, हाम्रो "मोडर्न" समाजलाई यस्ता नाथे कुरा सुन्ने फुर्सदै छैन, वी ह्याभ टु मोर कन्सन्ट्रेट अन व्हाट मिस्टर ओबामा सेज, जस्लाई मलाई शंकै लाग्छ कि तिब्बत मुदा उराल्ने र चीनलाई दु:ख दिने बेला बाहेक नेपाल भन्ने देश पनि छ भन्ने याद होला । हामी किन यति "मोडर्न" भाको ? के हामीलाई अब महिला हिंसाको बिरोध गर्न पनि "कुनै प्रोजेक्ट पर्नुपर्ने" या "टिभीमा बिजयकुमार इश्ट्याल मा क्यामेरा तेर्साएर अंतरङ्ग प्रश्न सोधिनुपर्ने" या आफ्नै दिदीबहिनी अथवा नातेदार शोषित हुनुपर्ने हो ? हामी "सिरियस" हुन आफैंले लात्ती खानुपर्ने हो कि अरुले खाएको हेर्दैमा सिक्दा हुन्छ कहिलेकाही । 
Rajesh KC (Phalano)  making cartoon during the protest (image : Atanka Basnet on Facebook)
धेरैजस्तोको लागि "अधिकार" जोडिने शब्दहरु सिधै डलर या पाउन्डसँग सम्बन्धित छन्, तर आफुलाई केही परेपछि या परेको भए बल्ल थाहा हुन्थ्यो कति डलर आउँछ र कति रमाइलो हुन्छ । तर जानकारीको लागि अफिस बिदा नभएका दिन म आधा दिन बिदा लिइकन त्यहाँ जान्छु, त्यस्बापत मैले पाउने नेपाल सरकारको तलब मात्रै हो । जिन्दगिमा सबै काममा "cause and effect" खोज्ने तर केही नगर्ने हाम्रो बानी सुध्रिए कति गज्जप हुन्थ्यो । मैले फेसबुकमा यसै मुभमेन्टका बारे पनि "डलर कथा"हरु पढेको छु, कहिलेकाही हासो पनि उठ्छ यस्ता "जेनेरलाइजेसन" देखेर । दिल्लिमा भएको अपराधका बारेमा पुरा दिल्ली ठप्प भयो, हामीलाई यहाँ कुनै मतलब छैन । हामी त्यती बेस्सरी सुरक्षित छौं त, सोच्नुस् । तपाईं त्यस्तो देशमा बस्नुहुन्छ जहाँ सेन्ट्रल जेलमा रहेका "हाइ प्रोफाइल" बन्दीलाई प्रहरीकै मिलेमतोमा जेलभित्रै गोली हानिन्छ र कसैलाई कारबाही पनि हुन्न । तपाईं आफु र आफ्ना वरीपरीका महिला सुरक्षित छन् भन्ने भ्रममा हुनुहुन्छ तपाईं आफुलाई सम्झेर एकपल्ट हाँस्दा भो । अझ तपाईंको वरीपरी हुने महिला हिंसाका घटनामा "न्याय" पाईन्छ भन्ने सोच्नुभाछ भने त तपाईं बिचरा हुनुहुन्छ । यो अवस्थामा कतै न कतै त न्याय माग्नुपर्‍यो कि परेन ? कसै न कसैले त शुरुवात गर्नु पर्‍यो कि परेन ?
Cartoon by Abin to support Occupy Baluwatar Protest ( image : Anup Adhikari on Facebook)
गलत मान्छे जता पनि हुन्छन्, बालुवाटारमा पनि आउँछन् । कोही "we want Justice" भन्दा यसरी हाँसिरहेका हुन्छन् मानौं जोक भन्दैछन्, कोही अघि सरेर जे पायो त्यही नारा लाउछन्, जस्तै : "पीडक"लाई हुनुपर्ने "पीडितलाई कारबाही गर्" भन्ने, "कानुनको शासन कहाँ छ?" भन्नुपर्नेमा "डेढ लाख कहाँ छ भन्ने?" आदि । कोही सेलिब्रेटीहरु त्यहा टिभीमा मुख देखाउन आउछन् त कोही बेला बेला राजनीतिक कुन्ठायुक्त नारा पनि लाइदिन्छन् । कोही पेटिमा ठाउँ हुँदाहुँदै बाटोमा गएर असरल्ल पर्छन् यातायात प्रभाबित हुनेगरी त कोही बिनाकामको हल्ला समेत गर्छन् । कारण एउटै छ, हामीले गत कैयौं बर्षदेखि बन्द हड्ताल र जुलुस सधैं अराजक देखेका छौं, उफ्रेको गालीगलौज गरेको चिच्याएको देखेका छौं, स्वभाबत त्यो त्यहा पनि आइहाल्छ । अरुलाई सभ्य हुन माग गर्नेहरुले आँफैले सभ्य बिरोधको उदाहरण दिए त बिग्रने केही थिएन होला । महिला हिंसा तथा अत्याचार रोक्न तत्काल पीडितहरुलाई न्याय र पीडितलाई कारबाही तथा दीर्घकालीन रुपमा चेतना र कानुनी तथा सामाजिक सुरक्षाको जरुरत छ, जुन प्रदर्शनका मुल मुद्दा हुनुपर्छ जस्तो लाग्छ मलाई । "डेढ लाखमा बलात्कार गर्न पाईन्छ?" जस्ता नारा लगाउँदा कराउनेलाई त न्याय मागेको जस्तो होला, तर सुन्नेलाई चाँही "कति लाख तिर्नु पर्ने रेछ?" भने जस्तो नहोस् । त्यहाँ आन्दोलनमा उठेका धेरै बिषय अदालतमा बिचाराधीन् समेत छन्, "छिटो" न्याय माग्ने नाममा कानुन र कानुनी प्रकृयाको सम्मान हुनैपर्छ, कानुनी प्रकृयामा असर पार्ने कृयाकलाप गलत हुन् र अराजक हुन्, त्यसतर्फ पनि ध्यान दिनु जरुरी देखिन्छ । महिला हिंसा र अत्याचार बिरुद्दका कानुन अपुग या कमजोर छन् भने त्यस्मा बिधीपुर्बक सुधार जरुरी छ ।  
Occupy Baluwatar Protest (Image by : Saroj Koirala)
पुरुषबाट महिलामाथि र महिलाबाटै महिलामाथि "महिला" भएकैले गरिने सबै प्रकृतिका शोषणहरु सभ्य समाजका कलंक हुन् र यस्लाई रोक्नु जरुरी छ । ढिलै होला सानै होला तर Occupy BaluwaaTar मुभमेन्टले यो गम्भीर मुद्दा छोडेर राजनीतिकरण या NGOकरण नहुन्जेल आन्दोलनमा मेरो समर्थन छ । तपाईंसँग महिला हिंसा रोक्न कुनै राम्रो योजना छ भने त्यो पनि शुरु गर्नुस्, म त्यस्मा पनि समर्थन गर्छु । तर आफ्नै परिवार र समाजलाई असभ्य बन्नबाट जोगाउन केही गर्ने समय पक्कै हो यो । शुरुवात चेतना बाट हुनसक्छ, बिरोधबाट या सिता सरस्वती माथि थोपरिएका पीडाको हिसाब किताब बाट । सबै कुरा थारो राजनीती या परनिर्भर कर्मचारी संयन्त्रको जिम्मा छोडेर निदाउनु मुर्खता हुनेछ । समाज सुधारको प्रयास थालिहाल्नु पर्ने धेरै क्षेत्रहरु छन्, खुशीको कुरा हामीले सोच्न थालेका छौं यी बिषयमा । यस्तै उदाहरणीय काम अरुबाट पनि शुरु होस्, बेपत्ता पारीएका, यातना दिइएका तथा लाट्साहेबहरुको राजनीतिक स्वार्थका लागि चुसेर फ्याँकिएका, बोक्सी भनेर मलमुत्र कोचिएका, दाईजोको लागि डढाइएकाहरुको लागि बोल्नेहरु पनि निस्कियुन् तब पो हामी सभ्य र चेतनशील, नत्र भुत्रो !
Ananta Koirala n me on Protest (image : @saroose)

(Disclaimer : यो मेरो बिचार ब्यक्तिगत हो, म यो मुभमेन्टको "आयोजक" होइन । ब्यक्तिगत बाहेक सबै किसिमका कमेन्ट लाई स्वागत छ, कहिलेकाही ब्यक्तिगत गालीगलौज नगरे नि हुने ! ))

Related newslinks :

3 comments:

  1. जनकजी, तपाईले लेख मार्फत #OccypyBaluwatar लाई बिभिन्न पाटाबाट केलाउने प्रयास गर्नु भएको छ जो सह्रानीय छ । नाम जे दिएपनि र प्रचारको माध्यम जे प्रयोग भएपनि सबैले मागेको न्याय हो, हैन त? सिता राई त पछिल्ल्लो पात्र मात्र हुन् कीनकी यो समाजमा कैयौ सिता राईहरु लुटिदाँ कतै केही अकुपाई नगरि पनि समाजले न्याय मागिरहेको थियो, मागिरहेको छ माग्ने पनि छ ।

    यो #OccupyBaluwatar नाम दिएर शुरु गरिएको न्याय मगाई कार्यक्रममा मलाई शुरु देखि नै अपाच्य लागेको कुरा के हो भने नीतिगत रुपमै सम्बोधनको माग गरिएको यो आन्दोलन (स्वतःफुर्त भनिएको) राजनीतिक दल र एनजीओ बिरोधी जस्तो सुनिएको चाँही पक्कै हो है । निहित स्वार्थ बिना एनजीओ वा दल वा तपाईले भनेजस्तै शहरीया जिन्स पुस्ता त्यहाँ पुगेको छ वा छैन लामो छलफलको बिषय हो । हिंसा नहोस्, महिला सुरक्षित रहुन् अन्याय कसैले भोग्नु नपरोस भन्ने मागमा कोही बिरोधी छ, आफ्नो अनुकुल त्यसलाई प्रयोग गर्छ भने दण्डको भागिदार हुनुपर्छ चाहे त्यो एनजीओ होस् वा राजनीतिक दल । अनि अर्को कुरा यस्ता आन्दोलन मार्फत हामीले संरचनागत परिवर्तन चाहेको हो भने राजनीतिक दललाई फुटेको आँखाले देख्न नसक्ने अनि #NGO लाई गालि मात्र गरेर परिवर्तन हुन सजिलो छैन । राजनीतिक दललाई मिलेर जाउ भन्ने अर्ति दिने समूहले नै कुनै अर्को पक्षको उपस्थितीलाई सहयोग र समर्थनका लागि नभै तगारोमात्र देख्छ भने त्यस्तो आन्दोलनलाई स्वार्थरहित आन्दोलन मान्न सकिदैन ।

    लेखमा रहेका बाँकी कुरा तपाईका निजी कुरा हुन् जसमा नो कमेन्ट ।

    ReplyDelete
  2. Thank u so much for the comment!! Thanks a lot sire! :)

    ReplyDelete
  3. Your article is good and seems like you have a lot of insight into why people are uprising and protesting in front of Baluwatar.

    But, some bits sounds biased. When you look at the cause, you dont look at what people are wearing. How you present yourself or what you wear is a personal choice and freedom. Not to forget, a majority of top politicians and women leader in Nepal wear western outfits including the first lady. You dont have to clad yourself in Daura Suruwal to support a cause, do you?

    So much of your emphasis on jeans makes the reader feel that you were there to see what attire people came in there. I guess you r not in fashion business and you were there to suppport #occupybaluwatar! Keep it up!

    ReplyDelete

ShareThis