"चक्रब्युहमा चन्द्रसुर्य" पढेपछि

गत दुई तीन दिन कान्तिपुर दैनिकका पत्रकार सरोजराज अधिकारिद्वारा लिखित "चक्रब्युहमा चन्द्र्सुर्य" पढ्नमा बित्यो । किताब पढेर सिध्याउँदा "नेपाली" भन्ने परिचयप्रति एक तमासको ऐंठन भएर आयो । "कहिल्यै कसैको दास नभएको" "सधैं स्वतन्त्र र सार्बभौम रहेको" हाम्रो "वीर नेपाली" भन्ने दावी कति खोक्रो र दयनीय छ भन्ने कुरा किताब पढेर सिध्याउँदा छर्लङ्ग हुन्छ । प्रा। ध्रुबकुमार कै शब्दमा "कहिले दासत्व स्वीकार नगरेको तर व्याबहारिक रूपमा सधैं दास रहेको" मुलुक हो नेपाल । यस् पुस्तकमा कसरी हाम्रा "मूलधारका भनिएका" नेताहरु मात्र होइन, ठुला ठुला क्रान्तिकारी राष्ट्रबादका कुरा गर्नेहरु, सुरक्षा निकाय लगायत सबै अङ्गहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा उत्तरी तथा दक्षिणी छिमेकिहरुको रिमोटले चल्छन् भन्ने तथ्यमाथि खोजमुलक प्रकाश पारिएको छ । नेपाल सुरक्षाका नाममा कसरी भारत र चीन अनि भारत र पाकिस्तानको क्रीडास्थल बन्दैछ भन्ने मात्र होइन, "जुवा""साहस""ब्रेक थ्रु""महान""क्रान्तिकारी" दाबी गरेर सोझा जनतालाई घाँस हालिएका "अग्रगामी" कदमहरु कसरी अरुको ईशारामा "प्री-प्ल्यान्ड" तरीकाले भएका थिए भन्ने समेत निर्भीक रूपमा गैर-कूटनीतिक भाषामा प्रस्तुत गर्न लेखक सक्षम देखिन्छन् ।
Chakrabyuha ma chandrasurya by SarojRaj Adhikari (Pic : Sangrila Books)
पुस्तक तीन भागमा बाँडिएको छ, जस्मध्य पहिलो भागको सार, बिषयबस्तु र प्रस्तुती केपी ढुङ्गानाको पुस्तक "ओपन सेक्रेट"सङ्ग मिल्छ । केपीले केही महिना पहिले निकालेको पुस्तकमा समाबेश भएकाइ बिषयहरु "मिर्जा हत्याकान्ड","जमीम शाह, शौकत बेग, मजीद मनिहार, फैजन अहमद हत्याकान्ड","युनुस् अन्सारीको हत्या प्रयास" जस्ता बिषयबस्तु यस् पुस्तकमा पनि समाबेश छन् । उपलध कागजात र जानकारीहरु मिल्ने भएर होला, यी शीर्षकका दुबै लेखकका बिश्लेषण पनि लगभग मिल्छन् । दुबै पुस्तकमा कसरी यी सबै घटनाहरु भारतले आफ्ना कब्जामा रहेका पेशेबर अपराधीहरुको सहायतामा भएका "स्टेट स्पोन्सर्ड क्राइम" हुन् भन्ने कुरा अघि सारीएको छ । फरक यो हो, केपी अलिक कूटनीतिक थिए सरोजराजको पछील्लो पुस्तकमा धेरै कुरा नलुकाइ भनिएको छ ।
पुस्तकको दोश्रो र तेश्रो भागहरु राष्ट्रिय अन्तरराष्ट्रिय दस्ताबेजहरु, पत्रपत्रीका लगायत गोप्य कागजातको अध्ययनबाट तयार गरिएका बिष्लेशणहरुले भरिएको छ । लेखकले सङ्क्रमणकालीन राजनीतीमा भएका र र हुँदै गरेका प्रत्यक्ष तथा अप्रत्यक्ष राजनीतिक घटनाहरुको बिष्लेशणमात्र गरेका छैनन्, गुम्बा तथा मस्जिद अनि मदरसाहरुको निर्माण तथा संचालनका नाममा हुने गरेका राजनीतिक तथा आपराधिक चलखेल, सशस्त्र समूहका आडमा भएका कुकर्महरु, सेना समायोजन र कटवाल प्रकरणका वास्तविकता समेत अगाडि ल्याइदिएका छन् । साथै परनिर्भर राजनीती शिर्षकमा पङ्गु र दिशाहीन राजनीतीले कसरी देशका सामान्य घरेलु कृयाकलाप समेत अर्काको पालामा सुम्पेको छ भन्ने कुरा दर्शाइएको छ । २०१० डिसेम्बर ३० मा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भनेजस्तै कसरी अरुको स्वार्थका पछि लागेर नेपाललाई साँच्चै नै "जर्जर राज्य" बनाइएको छ, कस्को आग्रह-पूर्बाग्रहले त्यस्तो भएको हो र भोलिका दिनमा यी मिचाहा छिमेकीका सम्भाबित रबैयाहरु समेत ती बिष्लेशणबाट श्रोतसहितका दस्ताबेज सहित छर्लङ्ग पारीएको छ । हेर्दा हेर्दा वाक्क भएका सरकार गठन, पुनर्गठन, संबिधान, सङ्घीयता र क्रान्तिका नाटकहरुका असली वास्तविकता समेत प्रष्ट भाषामा नडराइ अगाडि सारीएको छ ।
केही मलाई अचम्मका लागेका बुँदा :
- पूर्वयुबराज पारस शाह पारिवारीक, राज्नीतिक या ब्यक्तिगत कारणले भन्दा पनि ज्यान मारिने खतरा भएपछी आफ्नै देशबाट भागेका हुन् ।
- युनुस् अन्सारीलाई गोली हान्ने घटनामा प्रत्यक्षसंलग्न भारतीय दुताबासका कर्मचारी सुब्रतो दास (जस्ले माओवादी सभासद रामकुमार शर्मालाई ज्यान मार्ने धम्की समेत दिएका थिए)लाई संसदीय समितीको आदेशपछि पनि कुनै "एक्सन" लिइएन । त्यति मात्र होइन नेपाल प्रहरीका डीएसपी बिरेन्द्र बस्याल तथा एसपी मदन घिमिरेले गोली हान्न जानेलाई आफ्नै कार्यकक्षमा बोलाएर चार्ल्स शोभराजजस्ता अपराधीलाई भेटाइदिएको लगायतका घटनाहरुमा पनि कुनै कार्बाही या स्पष्टिकरण लिइएन ।
- युनुस् अन्सारीले पहिले एभिन्युज र पछि नेसनल टेलिभिजनमा गरिएको लगानी कसरी भित्रिएको थ्यो (सम्भाबित रूपमा दाउदमार्फत) र कसरी नेपालमै प्रिन्टिङ प्रेस ल्याएर नक्कली भारतीय रुपैया छाप्ने तयारी समेत भएको थियो ।
- भारतीय आग्रह पाउने बित्तिकै कसरी जेल प्रशासनले चार्ल्स शोभराजलाई इन्टरनेट सहितको फोन र ल्यापटप उपलब्ध गराइयो ।
- जबजब नेपाली उच्च नेताहरुको भ्रमणको तयारी हुन्छ, तब तब कसरी "कुख्यात" अपराधी पक्राउको नाटक गरिन्छ ।
- जमीम शाह मारिने बेला कसरी भारतीय योजनाकारहरुले " गृहमन्त्री तथा सबै सुरक्षा निकायका बोसहरु चीनमा भएकोले उनिहरुलाई अप्ठेरो नपर्ने" समय छनेका थिए ।
- कसरी संबिधानसभा भवन बाहिर हत्याकान्ड मच्चाएर संबिधान सभा र देशनै असफल बनाउने योजना तुहिएको थियो ।
- २०६३ देखि २०६९ सम्मका छ बर्षमा १३ करोड ८७ लाख १६ हजार नक्कली भारतिय रुपैयाका साथ १५ पाकिस्तानी सहित १ सय जना पक्राउ परेका र नेपाललाई नक्कली मुद्रा ओसार पसारको ट्रान्जिट बनाइएको दुर्भाग्य ।
Book Launching of Chakrabyuha ma chandrasurya (Photo : The Kathmandu Post)
- कसरी मस्जीदमा नमाज पढ्न ९० प्रतिशत नचिनेका मान्छे आउछन् ।
- कसरी भारत सीमा सिल गर्न तयार छैन (पी चिदम्बरम्) ।
- कसरी नेपाल प्रहरिका बहालवाला अधिकृतले भारतीय प्रहरीलाइ नेपाली नागरिकका घरमा काठमान्डुमै आएर खानतलाशी गर्ने र हतियार सहित फर्केर जाने ब्यबस्था गरिदिए ।
- कसरी राष्ट्रिय सुरक्षा, संबिधान निर्माण, सङ्घीयता लगायतका अति गम्भीर बिषयमा अन्तरराष्ट्रिय गैरसरकारी र संस्थाहरुको हालिमुहाली र निर्देशन चल्छ, कसरी संसदीय समितिका सदस्यहरुको भ्रमण् समेत गैर-सरकारी संस्थाले गराउँछ्न् ।
- कसरी बौद्धमार्गी भनिएका गुम्बाहरु "फ्री तिब्बत" आन्दोलनका लागि हतियार, आन्दोलनकारी र रकम जोहो गर्ने श्रोत बनेका छन्, कसरी गुम्बाहरुसँग कुनै अनुगमन नहुने अरबौं सम्पत्ति र हातियार छन्, र कसरी तिनिहरुको सबै कृयाकलाप अपारदर्शी छन् ।
- कसरी भारतको चाहना अनुसार शान्ती प्रकृया र सेना समायोजन पूर्णरूपमा निर्देशित थियो, र कसरी भारतकै इच्छा अनुसार संबिधानसभा बिघटन भएको थियो ।
- कसरी हरेक मन्त्रीपरिषद् गठ्न्, सरकार परिवर्तन, संबिधानसभाका म्याद थप हुने बेला "र" का सबै हाइप्रोफाइलहरुको बसोबास नै नेपालमा हुन्छ ।
- कसरी आफुलाई "संबिधानको संरक्षक र पालक" भन्दै भारतको आदेशमा कट्वालको थमौती गरे र कसरी संबिधान सभा बिघटन हुँदा भारतको आदेश नआएकाले केही गर्न सकेनन् ।
- कसरी नेपालमा छदा कट्वाललाई कारबाही गर्न उक्साउने झलनाथ खनाल चीनमा भारतीय बिदेशमन्त्रीबाट फोन आएपछि "अबाउट टर्न" भएका थिए ।
- कट्वालले कसरी "सफ्ट कु" को योजना बनाएका थिए ।
- कसरी गौरबसमसेर राणाले गुप्तचरहरुलाई बोलाएर भोज दिने, रथीमा ढिलो बढुवा भएर प्रधानसेनापती खाने प्रबन्ध मिलाए ।
- भारत तथा अन्य देशमा अरु बिषयमा पानी बाराबार गर्ने दलहरु र मिडिया बिदेश नीती र राष्ट्रिय सुरक्षाका बिषयमा एकजुट हुन्छन्, तर कसरी हाम्रो देशमा त्यही बिषयमा घनघोर राजनीती हुन्छ ।
- कसरी १२ बुँदे समझदारी गर्नु अघि श्यामशरणले "र" को सेफ हाउसमा माओवादी नेताहरु भेट्थे र कसरी बाबुराम भट्टराई "र" का विश्वाश पात्र हुन् ।
- कसरी "टेप" प्रकरणलाई माओवादी सरकार बन्न नदिने चालका रुपमा भारतले प्रयोग गरेको थियो ।
- कसरी अन्तिम समयमा गच्छदारलाई लैन्चौरमा बसेर प्रधानमन्त्रीको उम्मेदवार बनाइएको थियो ।
- कसरी दलका शिर्ष नेताहरुले सही गर्न बनाएको बिज्ञप्ती सही गर्नु अगाडि नै लैन्चौर पुगेर बिलाउँथ्यो ।
- कसरी गच्छदार संसदबाटै सम्बोधनमा के भन्ने भनेर भारतीय दुताबासका कर्मचारीहरुसँग कन्फर्म गर्थे फोनमा ।
- कसरी भदौ ११ मा प्रधानमन्त्री बन्ने बाबुरामले भदौ नौ मै "मुस्ताङ म्याक्स" गाडी एसेम्बल गर्ने आदेश दिएका थिए ।
- कसरी जयन्तप्रशादलाई सुशील कोइरालाले निवासमै बोलाएर कार्यकर्तालाई झैं हप्काएका थिए ।
- कसरी अघिला दुई पटकको प्रयासमा सफल नभएको भारतीय चाहना को "संबिधानसभाको म्याद नथप्ने" इच्छा बाबुरामले पुरा गरिदिए ।
- कसरी बाबुराम मनमोहन सिंह जाने कार्यक्रममा मात्र जान्छन् र कसरी आफ्नै पार्टिका उपप्रधानमन्त्रीलाई समेत छलेर लुसुक्क गोप्य भेट्घाट गर्छन् उनीसँग ।
- कसरी भारतको इच्छा अनुसार आफुले एउटा प्रदेश सँग मात्र डिल गर्ने र चीनलाई ७-८ प्रदेशसँग डिल गर्ने अवस्था ल्याउन भारतले "एक मधेश एक प्रदेश" उचालेको थियो ।
- कसरी एमआरपी भारतमा छप्ने बनाउन सूदले मरिमेटेका थिए ।
- कसरी नेपालमा महेन्द्रकालीन राष्ट्रबाद हावी छ, जस्ले चीनका कदमलाई हस्तक्षेप देख्दैन र भारतको बिरोध गर्नुलाई राष्ट्रबाद भन्छ ।
माथि मैले उल्लेख गरेका बुँदाहरु पुस्तकबाट लिइएका केही प्रसङ्ग मात्र हुन्, पुस्तकमा यस्ता अन्य धेरै प्रसँगहरु छन्, जसबाट नेपालका हरेक मामलामा दादागीरी गर्ने भारत र दादागीरी सिक्दै गरेको चीनको नियत झल्किन्छ । हरेक मङ्गोल बर्णका लाई "तिब्बती आन्दोलनकारी" देख्ने चीन र हरेक मुस्लिमलाई "ISI Agent" देख्ने भारतिय रबैया समेत पुस्तकले प्रकाश पारेको छ । साथै राजनीतिक नेताहरुको संरक्षणमा हुने तस्करी, अपराध तथा भारतको आदेश पर्खेर बस्ने प्रबिर्ती समेत पुस्तकमा झल्किएको छ ।
समग्रमा नेपालको राजनीतीमा चासो राख्नेहरुले पढ्नु पर्ने पुस्तक लेखेका छन् सरोजराजले, यस् पुस्तकले देशको बेहालमा निराशा त जन्माउँछ तर दक्षिणपोषित "कमीने"हरु जो हरेक खुद्रा स्वार्थको लागि देशलाई धरौटी राख्छन्को चरित्र समेत उदाङ्गो पारेको छ । सङ्ग्रहणीय पुस्तकका लागि सरोजराजलाई बधाई । 

4 comments:

  1. Great article bro, I tweeted most of them,I hope you won't mind.

    ReplyDelete
  2. एउटा कुरा क्या ब्रो, त्यो किताबमा कति सत्यता छ?? राजदरवार हत्याकाण्ड पछि पनि निस्केका थिए नि यस्ता पुस्तक त हैन र?? अनि के यो कन्स्पिरेसी थेउरी जस्तो छैन र?? अनि तिम्रो लेख पढ्दा भारत र चिनलाई खेदो खनिएको देखिएको छ, तर अमेरिकी नितीको सवालमा पुस्तक चुप लागेको भान मिल्यो मलाई त... हुन त मैले पुस्तक पढेको छैन, तर पनि मलाई यस्ता पुस्तक सर्वसाधारणको भुटिएको दिमागलाई सितन बनाएर दारू पिउने मनासयले प्रेरित हुन जस्तो लाग्छ।

    ReplyDelete
  3. नपढी नहुने भो त !

    ReplyDelete
  4. @Anonymous, why fearing to give ur identity?
    Even a lay man agrees with the facts described in this book. What is the level of your knowledge? Be conformed about that and start commenting with clear identity.

    ReplyDelete

ShareThis