नगरकोटदेखी बनेपा र उसिनेको परबल :)

हिजो हाइकिङ गैयो, प्रकृति प्रेमी समुहको आयोजनामा । यसभन्दा अगाडि पनि धेरै पटक गैसकेकोले यो कतिऔं पटक हो मैले बिर्सें, शायद ७ या ८ हुनुपर्छ, तर हरेक पटक जस्ताइ यो पटक पनि असाध्यै रमाइलो भयो । नगरकोट देखी शुरु भएको यात्रा सकिने बेला परेको बदमाश झरीले अझै रौनक बढायो । हामी ट्विटर् चलाऊनेको ग्याङ मिलेर गएको हुँदा ट्रेन्डिङ टपिक भने निर्धारण भएको थियो, लन्च भन्दा पहिले पूजारीको OS र लन्च भन्दा पछी लन्चमा फेला परेको उसिनेको परबल !
काठमान्डुको एउटा अचम्मको बिशेषता छ, रिङ्गरोडबाट दुइचार किमी बाहिर निस्किने बित्तिकै गाउँले बातावरण शुरु हुन्छ, धेरै समय शहरमा कोच्चिएर खुल्ला हावामा निस्किनुको आनन्दै बेग्ले हुन्छ । त्यसैले प्रकृति प्रेमी समुह सातदोबाटोले आयोजना गरेको हाइकिङमा हिंड्ने सल्लाह भो । काकाबा (हरी न्यौपाने)ले नाम दर्ता गर्नुभो सधैंझैं, नाम दर्ता गर्ने त धेरै थिए, जाने बेला काका-काकी, बिनय गुरागाइ, कबिता पोखरेल, रबी आचार्य, बिकास पोखरेल, जयन्ती पौडेल, अनन्त कोइराला, इश्वर काफ्ले, सुमन मन्जरी, चन्दन गुप्ता, अकुर रिमाल, पूजारी (लक्ष्मण ज्ञवाली), सरोज खनाल, नरेन्द्र रौले र अरु दुईजना साथीहरु (नाम बिर्सें) जम्मा भैयो । इश गाडी नचढुन्जेल हल्ला भएको थिएन, इश गाडी चढेपछी त्यो पनि शुरु भयो ।
समग्रमा यात्रा रमाइलो भयो, एक घण्टा घाममा बसेर आस्वाआहा भनेर चिच्याउनेदेखी फर्किदा गाडीमा "सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला" भन्ने गीतमा डान्स गर्ने सम्म रमाइलोको सिमाना थिएन । बाटो रमाइलो थियो, यात्रा सकिने बेला परेको झरीले हाइकिङ अझै रोचक बनायो । लन्चमा आइलागेको उसिनेको परबल सम्झेर दिनभरी हाँसियो । बिहानको ब्रेकफास्टको लागि दिएको आँप सँग इशले नगरकोटमै फ्राइ आलु साटेछ ।
प्रकृतिसँगको हिंडाइ र साथीहरुको साथ अनुपाम थियो । त्यसैक्रममा लिइएका केही तश्वीर :

 Trip starts!! In the Bus!!


 Team reaches Nagarkot!!
 Poozaaree watches Chandan eating Boiled eggs!!

 Team on breakfast!!
  Aalu Chana!!
 Preparing for the walk!
 Poozaree starts his OS jokes!!
 Our hero Ishzz poses!!
 Another hero Chandan poses!!
 Me!
 The walk starts!!
 Nagarkot Tower!!
 Kabita tries to climb!!
 Into the wild!!
  Team marches on!
 Rest!!
 Masti!!

 Moves again!!
 Mango!! The breakfast!!
 Team moves ahead!!

 Two sweet galz found on the way!!
 Nature!
 Awesome 1!
 Awesome 2!!
 Pose!!
 moves again!!
 The Nanta!!
 Bikash!!
 :)
 Heroes!!
 moves again!!
 Ishzz new tshirt@
 Team!
 nature!
 Scene!

 Ravi!!


 Thoughts!
 Rest!!
 Timepass!!
 Memory!
 Style!!

 Laugh!!

 Lunch!!
 Try!!
 GUD!



 



 On the queue!!
 Dr. Noble Kishor Rai!












 Life!
 Dabangg!!

 Background : Dhulikhel




4 comments:

  1. सर्वाधिक दुःखानुभूतिको दिन ! साह्रो miss भो ! अब अर्को पटक राजीनामा बोकेर हाइकिङ गइन्छ :)

    ReplyDelete
  2. धेरै रमाईलो भएछ, के गर्ने आफू सगै हुन पाईएन ।

    ReplyDelete
  3. औधि रमाइलो भयेछ भनेर फोटाले नै बोल्छ! :)

    ReplyDelete

ShareThis