बुद्धीसागर एक्स्प्रेस

"हरेक मान्छे प्रतिभाशाली र सुन्दर हुन्छन् । तर अधिकाँश मान्छेहरु अरुको खोटको खोजीमा आफ्नो प्रतिभा खेर फाल्छन् र अरुको कुरुपताको खोजीमा आफ्नो सुन्दरता गुमाउँछन् ।"

यस्तै घतलाग्दा बिचारका "साहुजी" बुद्दिसागर उमेरले एकतिस पुगे, दुबैतिर कन्चटमा रौँ फुल्न थालेछन्, मैले उन्लाई भेटको शुरुमै आफुभन्दा बुढो बनाउन खोजें, उत्तरमा उनी फिस्स हाँसे । साहित्यकार हुनलाई कपाल फुल्नुपर्छ, तालु खुइलिनुपर्छ र रागिनासे खुइते हुनुपर्छ भन्ने "ट्रेडमार्क" अनुमानलाई बुद्दिसागरको साहित्यकार पुस्ताले अस्वीकार गर्छ । "म ३१ पुगें" उनले शुरुमै भने, "पोहोरनै ३१ भनेर लेखेको थिए फेसबुकमा, तर आमाले तँ बल्ल ३० पुगिस् भन्नुभो फोन गरेर, त्यही भएर यो बर्ष पनि मेरो पोहोरकै उमेर कायम छ ।" बुद्दिसागरको यात्रा कुनै गाडीको रुट जस्तो छ, मटेराबाट शुरु भएको यात्रा कटासे, चिसापानी, कालिकोट हुँदै काठमान्डुको स्टेसनमा आइपुगेको छ । एकनास कुदेको कुद्यै, कहिले उकालो, कहिले ओरालो, कहिले तेर्सो पनि । कैलालीमा १५ र कालिकोटमा ५ बर्ष कुदाएपछी यो यात्रा यहाँ आइपुगेको हो ।


हाम्रा कुरा "बुद्दिसागर एक्स्प्रेस"को पहिलो खुड्किलाबाट शुरु भए । "म शुरुमा कबिता लेख्थें, र रेडियो नेपालको क्षेत्रिय र केन्द्रिय प्रसारणहरुमा पठाउंथे, मेरो लेखाइको शुरुवात तिनै रेडियोबाट बाचन हुने कबिताले भरेका उर्जाले गरेका हुन्।" उन्ले पुराना दिन सम्झिए । कुनै बेला उनी रेडियो नेपालमा पत्रमार्फत नियमित कबिता पठाउने "ग्राहक" थिए । त्यो बेलाको धङधङी अहिले पनि बाँकी छ, "कर्नाली ब्लुज" निकालेर उपन्यासकारमा दरीइसक्दा पनि उन्लाई धेरैले "कबि" भनेर  बोलाउँछन् । "यो मेरो उपनाम जस्तै भैसक्यो, अफिसमा र साथी सर्कलमा पनि "कबि" भन्छन् मलाई, बेला बेला आफ्नो नाम नै कबि हो जस्तो लाग्छ। " उन्ले आफ्नो पुरानो परिचय खोतले । बुद्धिसागरका कबिता भन्ने कबिता संग्रह समेत छ उन्को ।

नयाँ पत्रीकामा काम गर्न थालेपछि दिन फेरिए, उन्ले बिभिन्न ब्यक्ती र घटनामाथी गध्यात्मक लेख लेख्न शुरु गरे । नयाँ पत्रीकाको मध्यपृष्‍ठ लेख्ने क्रममा धेरैले तेरो गध्य राम्रो छ, उपन्यास लेख् भनेपछी उपन्यास लेख्न सुरिए उनी । लेखन, पुनर्लेखन र सम्पादनका तीन लामा बर्षपछी "कर्नाली ब्लुज" तयार भयो, जस्ले बुद्धिसागरलाई युबापुस्ताका "आइकन" उपन्यासकारका रुपमा स्थापित गरायो । फाइन प्रिन्टले उन्लाई दिएको जानकारी अनुसार "कर्नाली ब्लुज" लगभग २० हजार प्रती बिकेको छ र त्यो क्रम अझै जारी छ । उन्को "म" लगायत चन्द्रे, एकराज, भागीराम, बाटु, शर्मिला, ममतादिदी, मगरमामा, शिवशंकर, सद्दाम, जरिलाल, मन्दिरे र छोट्कु जस्ता पात्रहरु धेरैका आफ्ना भएका छन् । कैलालीको थारुगाउँ देखी कर्नालीको टुप्पोसम्मको कथाब्यथा धेरैको आफ्नो भएको छ ।
"कर्नाली ब्लुज" र बुद्दिसागरलाई सराप्ने पनि धेरै छन्, कोही रिसले त कोही डाढले, कतिले उन्ले कितापमा जेपायो त्यही अस्लील भाषा राखे भनेर सरापे, कतीले खालिद हुसेनीको "काइट रनर"बाट चोर्यो भनेर कोलाहल गरे । तर उन्लाई यि सब कुरासँग केही लिनुदिनु छैन । "नेपाली समाजमा गालीलाई राम्रो रुपमा लिने चलन छैन, म चाँही गालीसँग खासै रिसाउन्न, जस्तो "काइट रनर"को नक्कल हो भनेर झुटा हल्ला फैलाएपछी मेरो किताप झन बढी बिकेको छ, किन रिसाउनु र?" उन्ले प्रतिप्रश्न गरे । अझ एकजनाले पठाएको "...(तँ मु.. कति ठुलो भएछस् । काइत रनर चोरेर लेख्ने मीडीयाबाजि गर्ने । त त लेखक नै होइनस् । पत्रिका छाडेका दीन तेरो हालत के हुन्छ कुकुरको पनि दीन आउछ भनेकै सही रहेछ । ).... भन्ने गाली उन्ले फेसबुककै वालमा पोस्ट गरिदिएका थिए । तर यि सब कुराले "बुद्धिसागर एक्स्प्रेस"को केही लछार्न सकेको छैन र नयाँ प्रकाशोन्मुख पुस्तक "पाठशाला"को पाण्डुलिपी तयार भएको छ अनी चित्त नबुझेका कुरामा पुनर्लेखन गर्दैछन् उनी । "भदौ असोजतिर बजारमा आउंछ कि त ।" उन्ले अनुमान गरे । "पाठशाला" उन्को आफ्नै संस्मरण संग्रह हो जस्मा बिबिध शीर्षकमा १५ संस्मरणहरु संग्रहित छन् । "कर्नाली ब्लुजलाई धेरैले संस्मरण हो कि होइन भनेर सोधेको सोधेकै भए, त्यही भएर मैले संस्मरण नै लेख्न लागेको । हुन त कर्नाली ब्लुजका ६० प्रतिसत जती घटना सत्य हुन्, ठाउँ लगायत धेरै नामहरु पनि सत्य हुन् तर कुनैबेला मैले चार पाँच जनालाई मिसाएर एउटा पात्र बनाएको छु ।" उन्ले अगाडि थपे "नेपालमा संस्मरण लेख्यो भने यस्मा कती प्रतिशत "फिक्सन" छ भनेर सोद्छन्, अनी कथा लेख्यो भने कती प्रतिसत संस्मरण भनेर । "पाठसाला" मेरो संस्मरण खोज्नेहरु, बुद्धिसागरले चोर्छ, नक्कल गर्छ भन्नेहरु र बुद्धिसागरको संमरणको स्टक सकियो भन्नेहरुलाई एकमुष्ठ जवाफ हो ।" रङ्गशालाको गेटबाट आफुतिर फर्केका होडिङ बोर्डका भुवन केसिलाई हेर्दै उन्ले उत्तर दिए ।


 "बुद्धिसागर एक्स्प्रेस"मा "हार्ड एण्ड फास्ट" र "कम्प्लेक्स" केही छैन, "म सिनेमा धेरै हेर्छु, लगभग दिनदिनै एउटा ।" उन्ले अगाडी थपे "सिनेमाले सहयोग गर्छन्, लेखाइमा र लेखाइलाई फिल्मी नबनाउनका लागि, हाम्रा धेरै लेखकहरु सिनेमा हेर्दैनन् अनी कितापलाई नै फिल्मी रुपमा बङ्ग्याइदिन्छन्, अनी त्यो अलिक नमिल्दो देखिन्छ ।" बुद्धिसागर एक्स्प्रेसको त्यस्तो ठुलो योजना केही छैन भबिष्यमा, "५-६ वटा जती किताप लेख्ने आइडिया दिमागमा छन्, त्यती नै लेख्छु होला, २०-२५ वटा झुर किताप लेखेर के गर्नु ? कितापले मान्छेलाई दुखी बनाएर के गर्नु? रुनका लागि त आफ्नै दु:ख काफी छन् सबैका ।" उनलाई कोही कोहीले फिल्ममा लेख्नको लागि पनि अफर गर्छन्, तर हाललाई उन्को फिल्ममा लेख्ने पनि योजना छैन । "मलाई किताप लेख्नमै आनन्द आउँछ, किताप तयार हुँदासम्मको "प्रोसेस"को मज्जानै अर्को हुन्छ । हुन त पत्रीका या सोसियल मेडियामा लेख्दा तुरुन्तै प्रतिकृया आउँछ तर किताप लेख्दा सजिलो लाग्छ ।"

सिनेमा बाहेक अर्को खासै शौख छैन उन्को, ठीक ठिकै सोसियल मेडिया चलाऊँछन्, टिभी हेर्दैनन्, सबैथरी संगीत सुन्छन त्यस्मा पनि बिशेषगरी इन्स्ट्रुमेन्टल । फुटबलमा अली अली चासो छ उन्लाई तर जुन चाँही लुते टिम हो त्यस्को सपोर्ट गरिदिन्छन् रे उनी । क्रिकेट चाँही बुझ्दै बुझ्दैनन् रे, "हुन त हेरेपछी बुझिन्छ भनेर दाइहरुले एक दुई दिन हेराए, तर पनि भेउ पाइन मैले।" उन्ले हाँस्दै भने । फुर्सदमा किताप पढ्नु, भेटघाट गर्नु, लेख्नु र डुल्नु उनका टाइमपास हुन् । ध. च. गोतामे, शंकर लामिछाने, भुपी शेरचन्, गोपालप्रशाद रिमाल, हारुकी मुराकामीहरु उन्का फेबरेट हुन् । "पढ्न मनपर्छ मलाई, बर्तमान पिंढिका पनि धेरै राम्रा लेखकहरु छन्, तर नाम चाँही नलिउं होला ।" उनी डिप्लोम्याटिक् देखिए "नाम नलीइनेहरुले रिसाउँछन्।" रहस्य चाँही यो थियो । "फ्यानहरु टन्नै छन्, भेट्ने, फेसबुक टुइटरमा कुरा गर्ने, तर हातखुट्टा छोडेर पछि लाग्ने चाँही छैनन् ।" उन्को फेसबुक पेजलाई ७४१० जनाले "like" गरेकाछन् भने टुइटरमा चाँही १४१७ जनाले उन्लाई फलो गर्छन् । "वेबसाइट बनाउन लागेको ३ बर्ष भो, ३ बर्षदेखी www.buddhisagar.com मा "coming soon" को पातो झुन्डिएको छ । कर्नाली ब्लुजका बेला बनाउन लागिएको वेबसाइट पाठसाला तयार हुँदा सम्मा त आउने विश्वाश छ उन्लाई ।

प्रज्ञा प्रतिष्ठान् को कबिता प्रतियोगिता, राष्ट्रिय गजल प्रतियोगितामा प्रथम पुरस्कार पाएका उन्ले राष्ट्रिय प्रतिभा पुरस्कार पनि पाएका छन्, तर लेखेर बाँच्नसक्ने हुनु सबैभन्दा ठुलो कमाइ लाग्छ बुद्धिसागर एक्स्प्रेसका साहुजिलाई । रामेछापको मन्थलीबाट शुरु भएको भाषा आन्दोलनमा उनी शुरुमा सरीक थिए, तर त्यो आन्दोलन "स" "श" र "ष" मै केन्द्रित भएपछी आजकाल खासै चासो दिएका छैनन् । राजनितिका बिषयमा फेसबुक टुइटरमा फाट्टफुट्ट लेखिने "स्ट्याटस" बाहेक खासै कमेन्ट छैन उन्को । आँफै खाना बनाएर खाने उन्ले आफुलाई "शाकाहारी" भैन्छ कि भन्ने डर लागेको बताए । नयाँ लेख्न खोज्नेहरुले धेरै अध्ययन गर्नुपर्ने अनि मात्र लेखाइ राम्रो हुनसक्ने उन्लाई लाग्छ ।  भर्खरै नागरिक राष्ट्रिय दैनिकको साप्ताहिक शनिबारिय पृष्‍ठ "अक्षर"को जिम्माबाट बिदा लिएका उन्को "बुद्धिसागर एक्स्प्रेस" आजकाल सिनामङ्गलबाट तीनकुने हुँदै सुन्धारासम्म हिँडेर ओहोर-दोहोर गर्छ ।



 अन्त्यमा बुद्धिसागरको फेसबुकमा पोस्ट गरिएको उन्को अर्को एक बाणी :-

"(नेपालमा धेरै कुरा उँधो गतिमा लागेका छन् । निरास न हौ कति कुरा त तिव्र गतिमा उँभो पनि लाग्छन् । )

ट्याक्सीको मिटर ।
--- सारा संसार घुम्न पुग्ने पैसाले ट्या_िक्समा पुरा काठमान्डू घुम्न सकिन्नँ ।

तेलको भाउ ।
---सायद अमृत बजारमा पाइने भए, त्यो पनि सस्तो हुन्थ्यो होला ।

नचाहिदो हल्ला ।
---'एउटा बस खस्नै लागेको थियो' भन्ने हल्ला सयौ कानमा पुग्दा '४० यात्रु त ठहरै भएछन्' भन्नेसम्म फैलिन्छ ।

मन्त्रिको संख्या ।
--- मोबाइलमा सारा मन्त्रिको नाम अटे त मरिजाऊँ ।

कोठा भाडा ।
---अस्ति एउटा रेष्टुरामा एकजना मान्छेले भने -'म साठीसालतिर कोठा भाडा हजार रुपैया तिर्थे ।' सारा रेष्टुरा शून्य भयो । सबैले उनैलाई हेरिरहेका रैछन् ।

तरकारीको भाऊ ।
--किराना पसलका साउजीले घडिजस्तै घुम्ने बस्तु राखेका रैछन् । त्यो रेट सुचक यन्त्र रैछ । ४० रुपियाँको आलु तौलीसक्दा ५० रुपैयाँ भइसक्छ ।

अस्पतालको बेड ।
---धेरै हस्पिटलले बेडको सिरानमा ट्या_िक्सकोजस्तो मिटर राखेका छन् रे । अझ कतिले त मिटर पनि बिगारेका छन् रे ।

स्कुलको फि ।
--- बिधार्थी हरेकदिन स्कुलबाट ज्ञानभन्दा बढि बिल बोकेर आउँछन् ।

(सबैकुरा धिमा छैनन् नि । तिब्रगतिमा भइरहेका यस्ता बिकाश पनि त खोज्न जान्नु पर्यो । बि पोजेटिभ । )"

All images are taken from Buddhi Sagar's Facebook Profile Page!




18 comments:

  1. Ramro lekh..mero ek manparne lekhak ko barema.. khusi lagyo sabai kura thaha paauda..sudurpaschim ma aayedekhi malai eutai kura ko ranko thyo..karnali blues ma bheyeko kailali ko matela pugne aja samma payeko chhaina..sayad Buddisagar ko lekhan ko ramro kura yehi hola..afna pathak laai kitab ma gholera tyaska patra jastai banaai tyaha ka thau dulaaidine..

    ReplyDelete
    Replies
    1. Subash Dai, thanks for da comment!! Matera novel maa describe garie anusar Tadha chhaina, Lamki najikai chha!! U may find easily!! Ktm aaunu na, bhetaula ni Buddhi Sagar jyu sanga! :)

      Delete
  2. बुद्धिसागर मेरा पनि प्रिय लेखक हुन् सुन्दर टाँसोका लागि जनकजीलाइ हार्दिक धन्यवाद ।

    ReplyDelete
  3. भ्रिकुटीमन्डपमा एउटा पुस्तक मेला चलिरहेको थियो त्यहा बुद्धिसागर आउने थाहा पाएर हतारिदै गएको थिए। एउटा स्टलमा 'कर्णाली ब्लुज" किनेर बुद्धिसागर को हस्ताक्षर गराएर मख्ख पर्दै घर पर्खे । जिन्दगीमा पहिलोचोटी आफुले ठुलो मानेको लेखकको हस्ताक्षर सहितको उपन्यास किन्न पाउदा मख्ख थिए ।तर जब घर आएर उपन्यास पढ्न थाले अगाडिका केही पाना नै गायब रहेछन र केही पाना उत्किन थालेका थिए ।एक मनले त फिर्ता नगरौ लाग्यो तर पुरा उपन्यास नै पढ्न पाइएन भने के मज्जा । मन नलागी नलागी अर्को दिन त्यो पुस्तक फर्खाएर सद्धे पुस्तक लिए, तर दुखखो कुरो त्यसमा बुद्धिसागरको हस्ताक्षर थिएन ।

    ReplyDelete
    Replies
    1. So sad, don worrie, We will make him sign in ur book again when we will go for Pathsala!! :))

      Delete
  4. karnali blues maile kinera padheko thorai kitab madhye ek ho. matera jaane rahar ta chha kaile pura hunchha thaha chhaina...karnali blues ko artha lagauda dheraile "blues" ko artha arkai khale chalachitra (?!) sanga jodeka thiye ...pachhi karnalika dukhesa artha layeko thiye katti ko milyo tha bhayena ...yo lekh pani mann paryo

    ReplyDelete
  5. wow beautifully written janak ji, really enjoyed reading about the great writer of nepal.

    ReplyDelete
  6. Simple Living, high thinking!!
    Amazing person and awesome writing.

    ReplyDelete
  7. Nepali kitab khoji khoji padna perena dinay Karnali Blues. janak Ji lai yo lekh ko lagi badhai ra suvakamana. Bazar ma aauna lageko Buddhi Sagar ko Pathsala ko lagi pani muri muri suvakamana.

    ReplyDelete
    Replies
    1. yeh, he definitely is amazing!! thanks for da comment sire!! :)

      Delete
  8. Wow...enjoyed reading about one of my favorite writer !!!keep it up Sir !

    ReplyDelete

ShareThis