गालीगलौजका दुकान र #Bloggers #Code of Ethics का कुरा

कुरो यहींबाट शुरु गरौं, स्वतन्त्र हुनु भनेको अनियन्त्रित या छाडा या मनपरी गर्नु हुंदै होइन । नेपालको अन्तरिम संबिधान (केही महिनापछी नयाँ आउला, आसा गरौं) ले भाग ३ मौलिक हक खण्डको धारा १२ (३) (क)मा बिचार  अभिब्यक्तीको स्वतन्त्रतालाई मौलिक हकको रुपमा प्रस्तुत गरेको छ । हो, हरेक नेपालीलाई आफ्न बिचार स्वतन्त्र ढङ्गबाट बोल्ने लेख्ने र प्रस्तुत गर्ने अधिकार नेपालको संबिधानले नै दिएको छ । तर त्यही भागको तलपट्टी प्रस्ट शब्दमा लेखिएको छ कि "खण्ड क का कुनै कुराले नेपालको सार्बभौमसत्ता, अखण्डता वा बिभिन्न जात,जाति,धर्म वा सम्प्रदायहरुका बिचको सुसम्बन्धमा खलल पर्ने वा गाली बेइज्जती वा अदालतको अबहेलना हुने वा अपराध गर्न दुरुत्साहन दिने वा सार्वजनिक शिष्टाचार वा नैतीकताको प्रतिकुल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी कानुन बनाउन रोक लगाएको मानिनेछैन ।" यो वाक्यांश बाट मैले बुझेको के हो भने बिचार अभिब्यक्तिको स्वतन्त्रता छ, तर त्यस्का आफ्ना सीमाहरु छन स्वाभाबिक रुपमा । निरपेक्ष स्वतन्त्रता बिचार मा होला तर अभिब्यक्तीको चरणमा त्यस्का आफ्नै परीधी छन्, जस्लाई अबमुल्यन गर्दा उपलब्ध कुराहरु समेत गुम्ने खतरा देखिन्छ ।

 टुइटर लगायत केही सामाजिक सन्जाल र केही ब्लगहरुमा समेत हालका दिनमा ब्लगरहरुलाई "आचार संहिता" चाहिने नचाहिने भन्ने बिषयमा ठुलै बहस भएको देखिन्छ, जुन राम्रो पनि हो । शुरुवातकै चरणमा यो स्तरको तर्क बितर्कले कुनै न कुनै निश्कर्ष पक्कै ल्याउला र सकारात्मक नै ल्याउला भन्ने आसा गरौं । केही दिन अघी एउटा कार्यक्रम समेत भएको थियो "World Bloggers' Day" का अबसरमा, जस्मा Bloggers' best Practice Guidelines बनाउन सकिन्छ कि नेपालमा पनि भन्ने बिषयमा छलफल र बिचार बिमर्श भएको थियो, यद्यपी त्यो अन्तिम होइन । सबैभन्दा पहिले अन्तरराष्ट्रिय प्रयासका कुरा गर्नु पर्दा (Bloggers' best Practice Guidelines यो भन्दा अगाडि बन्दै नबनेका पनि होइनन्, यहाँ हेर्नुहोस् ! ) अन्यत्र समेत Bloggers' Best Practices Guidelines बनाएर प्रस्तुत गरेको देखिन्छ । नेपालमा पनि गत साल नेपालका केही ब्लगर(कसैले मानोस्-नमानोस् तिनिहरु नेपालमा सकृय ब्लगिङ गर्ने र लगभग ब्लगिङको शुरुवात गर्नेहरु मध्य पर्छन्)ले Bloggers Code of Ethics बनाएर सही समेत गरे । त्यो उत्कृष्ट थियो थिएन, मन पर्ने थियो थिएन,कस्लाई कस्को नाक मन परेको थिएन, कस्ले कस्को गर्ल्फ्रेन्डलाई फेसबुकमा एड गरेको थियो(?:P),त्यस्काबारे अर्को छुट्टै बहस होला, तर त्यो शुरुवात थियो, आँफैले आफुलाई अनुशासित गर्ने र पहिचान बनाउने किसिमको । मलाई नै त्यस्का कतिपय बुँदा अलिक अस्पष्ट र नियन्त्रक लाग्छन्, तैपनी त्यो एउटा राम्रो प्रयास थियो र त्यस्मा थप बिचार मन्थन गर्नु पनि जरुरी देखिन्छ ।
जस्ले जतिसुकै ढुन्मुनिएर गफ दिए पनि हामी नेपालमा बस्छौं, यहाँ युरोप अमेरिका को स्तरको चेतना तथा कानुनी स्पष्टता छैन । कुरो केही महिना अघिको हो, नेपालका बरिष्ठ पत्रकार किशोर नेपालज्यु ले आफ्नो Twitter मा यसो लेखिदिनुभो "

 "नेपालको सोसिएल मेडिया केही बच्चाहरु र पहिचान नखुलेका मानिसहरुको कब्जामा छ जो चाँही एउटा बिकास हुँदै गरेको प्रबिर्तीगत समयको प्रचारक (preachers of Rudimentary Era) जस्ता देखिन्छन्, कती दयालाग्दो ?" किशोर दाईका यस्मा आफ्नै तर्क होलान्, यस्लाई मान्ने र नमान्नेका पनि आफ्नै दलील होलान् । तर यस्मा भएको एउटा मुख्य कुरा केहो भने यस्ले पुराना पुस्ताका संचारकर्मिहरुको सोसियल मेडिया र ब्लगरहरुप्रतिको धारणा बुझ्न मद्दत गर्छ जस्तो मलाई लाग्छ । पुराना पुस्ता र अग्रजहरुको समुहले ब्लगिङ र सोसियल मेडियालाई टाइमपास सोच्छ, अराजक सोच्छ, अझ उनिहरुको नजरमा त ब्लगिङ कुनै बिधा नै होइन, न पत्रकारिता हो न साहित्य हो न केही । ब्लगिङ के हो भन्ने कुरामा म आँफै पनि स्पस्ट पारीभाषित छैन, तापनी हामीभन्दा अघिल्लो पुस्ता (जस्ले यस्लाई निकै कम प्रयोग गर्छ)ले चाँही यस्लाई केही पनि होइन भन्ने धारणा बनाइसकेको छ । त्यस्लाई मलजल गर्न हाम्रा केही आदर्णीय मित्रहरुले गालीगलौजको दुकान खोल्नुहुन्छ (अरु मात्रै होइन, झोक चलेको बेला मै पनि गाली गर्छु, अत्ती हुन्छ के गर्नु त ?), अर्काको गजल कबिता कथा बिन्दास चोरेर आफ्नो नाम र या'मानको फोटो सहित पोस्ट गर्नुहुन्छ, सोसियल मेडियामा टाउको खुट्टा काटकुट पारेर फोटो बनाउनुहुन्छ, आदी आदी) जस्ले गर्दा उनिहरु भन्न सक्छन्, देखिस! हामीले त भनेका थियौं भनेर ।
मेरो उदेस्य ति सबै कुराको स्पष्टीकरण दिएर तिनिहरुलाई फर्केर फेरी सराप्ने होइन, तर हामी कहाँ छौ भनेर स्पष्ट हुन जरुरी छ । संसारभर SOPA, PIPA लगायत Internet Censorship का कुरा चलिरहेको, छिमेकी देश भारतमा समेत बेला बेला यो कुराहरु उठ्ने गरेकोले नेपालमा यि कुराहरु नहोलान् भन्न मुस्किलै छ । त्यसमाथी हाम्रो पहिचान र ब्रान्डिङ पनि गजबकै बन्दै गएको छ । त्यसलगायत नेपालको बिध्युतिय कारोबार ऐन (जुन अन्तर्गत ब्लगिङ पनि पर्ने विश्वाश गरिन्छ अहिलेसम्म) एकदमै अस्पष्ट र निरुत्साहित गर्ने किसिमको छ । हुन त नेपालका Cyber Law Expert बाबुराम अर्याल (शायद, होइन भने सच्याउछु)का अनुसार यस्ता खालका कानुनहरु बिदेशमा पनि कडै किसिमका छन् । त्यो विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ एकदमै एकतर्फी देखिन्छ, बिना कुनै दु:ख बनाएकोजस्तो । त्यसमाथी भोली ब्लगिङ र सोसियल मेडियालाई निर्देशित र नियन्त्रण गर्ने कानुन पनि नआउला भन्न सकिन्न । त्यसैले अरुले बनाएर यस् अन्तर्गत बस् भन्नुभन्दा पहिले आफ्नो धारणा बनाएर ब्लगरहरुले पनि यस्तो चाँही भनेका रहेछन् है भन्नु उपयुक्त लाग्छ मेरो बिचार मा । त्यही Code of ethics मान्ने, या नयाँ बनाउने, या त्यस्लाई मिलाउने या अर्को बनाउने, छोटो-लामो बलियो-कमजोर बनाउने भन्ने अर्को लामो बहसको बिषय होला तर ब्लगरको आचार संहिता बनाउदैमा आकाश उल्टिन्छ स्वतन्त्रता सकिन्छ भनेर आलाप बिलाप नै गर्नुपर्ने स्थिती म देख्दिन । स्वतन्त्रता नसकिने कुराहरु राखौं न, तर पारदर्शी बनाउने र अपाच्य नबनाउने कुरा त राम्रा होइनन् र (नेपालको सन्दर्भमा है फेरी, बिदेशको नाममा मैले भारत बाहेक केही देख्याछैन)? पारदर्शिता चाँही छ्याङ्ग भएको राम्रो हो, व्हाङ्ग सबै फुस्काएर पारदर्शी र स्वतन्त्रता प्यारो भनेर उफ्रिने हो भने त जे गरे पनि भैहाल्यो नि । :)
Blogger code of ethics कुनै मुलुकी ऐनको दफा पनि होइन, कसैले कुनै बेला उल्लङ्घन गर्‍यो भने घोक्राएर लगेर जेल हाल्ने, यो आँफैलाई नियमित गर्ने एउटा सराहानिय प्रयास हो । त्यो प्रयास कुनै NGO ले गर्छ भने त्यस्मा के खराबी छ, जुन देशको सडक धारा,चर्पी, स्कुल, कापी, किताप, शिक्षक, औषधी, चामल यहाँसम्म कि संबिधान समेत NGO/INGO ले बनाउछन, त्यो देशमा बसेर NGO ले Code of Ethics बनाउनु हुन्न भनेर बुरुक्क उफ्रिनेहरु रमाईलै पात्र हुन् (मैले सबै NGO ठीक छन, गज्जप छन् भनिन है फेरी, आरोप नलागोस्)। सबैले सही गर्नैपर्छ, सही गरेको जस्तो लेख्नै पर्छ, त्यहा भएका बुँदाहरु ढुङ्गाका अक्षर हुन् भन्ने कुनै किसिमको तर्क कदापी छैन त्यस्मा । त्यो हुँदैन भने के हुन्छ त्यो त भन्नैपर्छ । कुनै दिन त यि कुराहरु आउछन् नै, अबस्य आउछन् । आउछन् नै भने अहिले किन पन्छाउने ? मैले सही गरेको छैन Bloggers' code of ethics मा, म पनि कहिलेकाही ब्लगिङ गर्छु, गालीगलौज पनि गर्छु, कपि-पेस्ट पनि गरौला (कपी नगरि या नपढी लेख्न सक्नेगरी विद्वान म छैन), तर यो क्षेत्रलाई अनियन्त्रित या भड्किलो हुन दिनु हुँदैन भन्ने दिशाका सबै प्रयासहरुसँग म सहमत छु । जस्ले उपद्रो या या जानाजानि नकाम गर्छन्, तिन्लाई पो डर त, हामीलाई जे आए पनि के को डर र ?
तैपनी अन्त्यमा दुइवटा कुरा :
१) स्वतन्त्रता र मानब अधिकार जस्ता कुराहरु साथमा हुन्जेल केही होइनन् जस्तो लाग्छ, कुनै तरिकाले गुम्यो भने त्यस्को महत्व थाहा हुन्छ । मोबाइल, टिभी, इन्टर्नेटमाथी पटक पटक आक्रमण भएका छन् र नेपालमा ब्लगिङ पनि त्यही सेन्सरशिप बिरुद्द शुरु भाको हो । भएको प्रयोग गर्दा रहेको स्वतन्त्रता गुम्ने स्थिती आयो भने खासै महान् काम हुन्न त्यो ।
२) Bloggers' code of Ethics बनेर आयो भनेपनी या बनेन भनेपनी सबैलाई आफु कस्तो छु, र हुत्ती कती छ भन्ने राम्रै थाहा छ, त्यो Bloggers' Code of Ethics बनाउने चाँही "गोरु" नै हुन्, घाँस खान्छन् शैलीको भाषा अलिक पाच्य नहोला कि ? नापौं आफुले आफुलाई, नकाम गरेको छ भने पो खुटो झिक्नुपर्ने, होइन भने त खुट्टो दह्रो पारेर गडम्म टेके भैहाल्यो, या Bloggers' Code of Ethics लाई सञ्चै बाल हान्दे भैहाल्यो । थोडी जनगणना जस्तो घर घर आको छ र यो ? 
World Bloggers' Day र  Bloggers' best practice Guidelines कार्यक्रमको एक झलक
ब्लगर एसोसिएन आफ नेपाल र अनलाइन पत्रकार संघले २०६८ साउन ११ गते सार्वजनिक ब्लगरहरुको आचारसंहिता (साभार् : हाम्रोब्लग.कम )

ब्लगरका रुपमा, म यि तथ्यमा इमान्दार हुनेछु,
१.ब्लगमा म जे लेख्नेछु त्यसमा इमान्दार र निष्पक्ष हुनेछु
२.ब्लगमा सत्थ तथ्य सामाग्रि मात्र राख्नेमा म सचेत छु
३.ब्लगमा राखिएका सामाग्रिको स्रोत प्रष्ट उल्लेख गर्नेछु।
४. कुनै तथ्य पुष्टी नभएको भए सो बारे प्रष्ट उल्लेख गर्नेछु
५.व्यक्तिगत स्वार्थमा आधारित सामाग्रिलाई स्थान दिनेछैन। मेरो बारेमा पेजमा आफ्नो पूर्ण विवरण खुलाउने छु।
६.ब्लग सामाग्रि प्रयोजीत हो भने सोबारे प्रष्ट उल्लेख गर्नेछु।
७.विज्ञापनका सामाग्रि ब्लगपोष्टको रुपमा राख्नेछैन, राखिएमा सो सामाग्रि विज्ञापन हो भन्ने उल्लेख गर्नुछु।
८.पोष्ट भईसकेको सामाग्रिमा कुनै गल्ती भएका जानकारी पाए लगत्तै सकेसम्म चांडो सच्याउनेछु। सच्याउंदा सो अंश पूर्ण रुपमा हटाउनेछैन। हटाउनुपरे, कारण उल्लेख गर्नेछु।
९.सबै प्रकृतीका प्रतिकृयालाई समेट्ने छु। यदी प्रतिकृया सम्पादनको व्यवस्था गरिएको छ भने सो बारे जानकारी दिनेछु।
१०.मानवियतालाई प्राथमिकता दिएर,पिडितलाई थप प्रताडित गर्ने सामाग्रि,दृष्य राख्ने छैन
११.वाक तथा अभिब्यक्ति स्वतन्त्रतालाई सधै सम्मान गर्नेछु।
ब्लगरको रुपमा जानजान म गर्नेछैन,
१.पोष्ट गरिसकेको सामाग्रि पूर्ण रुपमा हटाउने वा पूर्ण रुपमा सम्पादन गर्नेछैन।
२.ब्यक्ति वा संस्थालाई धम्क्याउन ब्लगको प्रयोग गर्नेछैन।
३.राष्ट्रियता,राष्ट्रिय शुरक्षा,धार्मिक सहिष्णुता र सामाजीक मर्यादालार्य खलल पुग्ने सामाग्रि राख्नेछैन
४.यौनजन्य सामाग्रि,बैरभाव बढाउने अभिब्यक्ति र हिंशात्मक सामाग्रिले स्थान पाउनेछैनन
५.कुनैपनि ब्यक्तिको गोप्य र निजात्मक समाग्रि राख्ने छैन
६.जानजान भाईरस तथा स्पाम र मालवेयर फैलाउने गैर कानुनी काममा संलग्न हुने छैन।
७.स्रोत नखुलाई कसैको पनी सामाग्रि निजि बनाएर पोष्ट गर्ने छैन।
८.स्रोतब्यक्तिको अनुमतीविना उसको परिचय सार्वजनिक गर्नेछैन।

4 comments:

  1. अभिव्यक्ति स्वतन्त्रताको सर्वोत्तम माध्यम हुँदाहुँदै पनि सार्वजनिक पहुँचमा हुने हुनाले ब्लगिङका पनि केही न केही सीमा हुन्छन् । सबैभन्दा स्वतन्त्रता अनुभव गर्ने पुस्तकसमेत सार्वजनिक निगरानीबाट मुक्त छैन । कि प्रकाशित नै गर्नुभएन । सार्वजनिक भएपछि त्यसको दायित्व पनि हुन्छ नै । अनुशासनमा रहेर गर्न सके त झन ब्लगिङको महत्व र प्रभाव स्थापना हुन्छ । यी कुराहरु बाहिर ल्याएकोमा जनकलाई धेरै धन्यवाद ।

    ReplyDelete
  2. I have been blogging since 2001 when Blogspot was still a paid service available in US only, and I used CJB as a platform. Based on my experience, I would like to comment on some points quickly.

    > Complete disagreement with Kishor Nepal's tweet (Social Networks are how user's use it for their solo purpose with societal guidelines avoiding commercial and business ones)

    > "५.व्यक्तिगत स्वार्थमा आधारित सामाग्रिलाई स्थान दिनेछैन। मेरो बारेमा पेजमा आफ्नो पूर्ण विवरण खुलाउने छु।" I don't know whether this is the author's view or that outcome of that program, but if I'm blogging in my name I'm doing a personal diary thing or a journal, so why not I should write about me, why not give myself a ego-informatics in this information era. This line has completely invaded personal rights to remain invisible, unnoticed and blog anonymous. We all have that right. Please, do not manipulate people on agenda pretending to do journalism. Blogging is NO journalism. Blogging is personal information journal in the first place.

    > Once publish in the internet, nothing can be deleted. So, applies the same if-else thing with blogs.

    After reading this article, the only words flying in my brain "are people trying to make blogs a mini-newspaper or a tabloid?"

    We know many reporter's have been re-publishing their already national-paper-published articles into blogs, this is fair, but isn't there anything that those code of ethics has to roll about them?

    Leave bloggers and blogs on their own status, do not mould their brain and limit the creativity to blog within the scope you define, let them define their own scope. The best way is to introduce IP and other rights into Nepalese web, that's all.

    ReplyDelete
  3. I have been blogging since 2001 when Blogspot was still a paid service available in US only, and I used CJB as a platform. Based on my experience, I would like to comment on some points quickly.

    > Complete disagreement with Kishor Nepal's tweet (Social Networks are how user's use it for their solo purpose with societal guidelines avoiding commercial and business ones)

    > "५.व्यक्तिगत स्वार्थमा आधारित सामाग्रिलाई स्थान दिनेछैन। मेरो बारेमा पेजमा आफ्नो पूर्ण विवरण खुलाउने छु।" I don't know whether this is the author's view or that outcome of that program, but if I'm blogging in my name I'm doing a personal diary thing or a journal, so why not I should write about me, why not give myself a ego-informatics in this information era. This line has completely invaded personal rights to remain invisible, unnoticed and blog anonymous. We all have that right. Please, do not manipulate people on agenda pretending to do journalism. Blogging is NO journalism. Blogging is personal information journal in the first place.

    > Once publish in the internet, nothing can be deleted. So, applies the same if-else thing with blogs.

    After reading this article, the only words flying in my brain "are people trying to make blogs a mini-newspaper or a tabloid?"

    We know many reporter's have been re-publishing their already national-paper-published articles into blogs, this is fair, but isn't there anything that those code of ethics has to roll about them?

    Leave bloggers and blogs on their own status, do not mould their brain and limit the creativity to blog within the scope you define, let them define their own scope. The best way is to introduce IP and other rights into Nepalese web, that's all.

    ReplyDelete
  4. Ekendra says in email! (wwwekendraonline.com)

    I have been blogging since 2001 when Blogspot was still a paid service available in US only, and I used CJB as a platform. Based on my experience, I would like to comment on some points quickly.

ShareThis