बपौती देश, प्यारोडी समाचार र बिचsअsअsअsअsरा हामी

 सधैं अर्काको कथा कति लेख्नु, आज फेरी आफ्ना कुरा लेखौं । बिभिन्न रिसोर्ट चहारी चहारी मज्जा लिंदै गरिएका बैठकहरु त बेतुक निस्केका बेला मेरो गन्थनको के नै अर्थ होला र हुन त ? तैपनी देश यसो हेर्दा कहिले काहीं चिरिक्क कन्सिरी तातेर आउँछ । म जस्ता धेरै सडकछापहरु देशबिहिन छन आज, न कुनै महत्व न कुनै अर्थ । न कुनै पहिचान न कुनै अस्तित्व । देशको एउटा ठुलो हिस्सा, जस्को कुनै दलका आरौटे भरौटे दलालहरुसँग लगौंटिया सम्बन्ध छैन, यसैगरी अलपत्र छन् । गल्ती यो भयो कि कसैको हुन सकिएन, कुनै पार्टिको झन्डा समातिएन, कुनै लुटेरा, पाकेटमारा या ज्यानमारालाई "महान्" भन्न सकिएन, फलस्वरुप जनगणनामा एक थप्ने बाहेक कुनै मुल्य छैन । भन्नेहरुले भन्लान्: "प्रजातन्त्र जनताको शासन् हो, जनता सर्बोच्च हुन्छन्, शक्तिशाली हुन्छन्, यता त्यता......", तर "जनता" हुन गाह्रो छ यहाँ । अलिक धेरै नकारात्मक देखिएला तर वास्तविकता त्यही हो । प्रायोजित र निर्देशित समाचारहरुका आधारमै सकारात्मक भैराख्नु उपाय हो एउटा, तर भ्रम मात्रै ।


सबैभन्दा गाह्रो कुरा के भो भने यो देश कस्को बाउको भनेर छुट्ट्याउन हत्ते भो । धेरैले आफ्नै बा'को जस्तो गर्छन्, हामीलाई अप्ठेरो, कुन चाहिलाई सलाम गर्नु ? अब आफ्नो बा'को देशमा हामीलाई बस्ने सुबिधा दिनेलाई सलाम नगर्न नि भएन, सलाम कस्लाई गर्नु ? सबैभन्दा सजिलो उपाय के हो भने को-को सँग लालपुर्जा छ, यो देश मेरो बा'को हो, तिमेरु साइड लाग "ख्याक"हरु, भन्दिए भो क्या । हामीले पनि थाहा पाउने थियौं, चिन्ने थियौं, आफ्नै बा'को देशमा हामीलाई सित्तैमा बस्न दिनेलाई । सजिलो हुन्थ्यो, आफ्नो त रहेन रहेन, देश कस्को भएछ आखिर भनेर थाहा पाउन । ति सबै आफ्नो बपौतीमा हामीलाई अहिले सम्म झुन्डिन दिनेहरु "महान्" छन् ।
देशको ठुलो हिस्सा अहिले सुकुम्बासीभन्दा पनि अलपत्र छ, घण्टाको संघियता, भुत्राको संबिधान । एक महिना लाइन बस्दा ग्याँस आउँदैन, सार्वजनिक सवारी साधन "सिन्डिकेट"मय छ, जस्ले जती भाडा लिए नि भो, जसरी मान्छे चढाए नि भो । बत्ती टेलिफोन जतिखेर मन लाग्छ आउछन्, मन नलागेसी फर्किन्छन् । दैनिक उपभोग्य बस्तुको मुल्य साहुजिहरुको मुडमा भर पर्छ । "डन"हरुको टोल टोलमा आफ्ना आफ्नै स्वायत्त राज्यहरु छन्, ज्यानमाराहरु या त शहिद घोषणा भए, या सभासद भए या खुल्लेआम घुम्छन् । धारामा पानी आउँदैन । सडक यसरी भत्काएर धुलै धुलो बनाएर छोडिएको छ मानौ हिट्लरले अहिले भर्खर बम खसालेर गएको होस् । जस्लाई जतिखेर मन लाग्यो सडक जाम गरिदिन्छन्, माइक्रोमा दोब्रिएर हिंड्नेलाई आपत । कर चोर्ने डाँकाहरुले देशको आर्थिक निती र बजेट बनाउछन् । कुनै अफिसमा घुष नदीइकन काम हुँदैन । पास्पोर्ट/नागरिकता पाउन देखी प्लेनको टिकेट पाउन सम्म "मान्छे चिनेको" हुनुपर्छ । सबैभन्दा ठुलो आर्थिक चहलपहल कन्सल्टेन्सी र म्यान्पावरमा हुन्छ । जल्लाई जे फिटिक्कै थाहा हुन्न, त्यो चाँही त्यसैको संगठनको अध्यक्ष हुन्छ । प्रधानमन्त्रिको "सुधार" र "राहत"को भाषण सबैलाई कन्ठ छ । यस्ता धेरै कुराहरु छन्, तर निश्कर्ष यो हो, कसै न कसैको बा'को देशमा हामी बिचराहरु जबर्जस्ती चिप्केका छौं । न टेक्ने छ न समाउने, तैपनी हामी "जनतासँग प्रधानमन्त्री" सुनेर ध्वस्त दङ्ग छौं ।
समाचारका नाउँमा बज्ने प्यारोडीहरुले गर्मिको उखरमाउलो अझै थप्छन्, कुनै शानदार रिसोर्टमा बैठक हुन्छ, नेताका हुल बाहिर निस्किन्छन्, कोट लगाएका र कपाल सलक्क पछाडि फर्काएर कोरेका ॠषि धमलाले "सहमती भो त नेताज्यु?" भनेर सोध्नु हुन्छ मुसुक्क हाँस्दै, जवाफमा नेताज्युले मुख्य कुरा मिलिसकेको भन्नुहुन्छ, अनी वहाँ गाडीमा बस्नुहुन्छ, गार्डले ढोका लाउछन्, अनी गाडी गएको द्रिश्य टिभीमा देखाइन्छ । अनी त्यही बगम्फुसे कुरालाई भोलिपल्ट सिन्डिकेटधारी पत्रीकामध्य एउटाले "सहमती भयो" भनेर छाप्छ, अर्कोले "सहमती भएन" भनेर छाप्छ । भोली बेल्का फेरी ॠषि गुरु टिभीमा उसैगरी देखिन्छन्, मानौं समाचार भनेका ॠषि धमला हुन् । अनी त्यो नभएको सहमतीको लहै-लहैमा लागेर मन्त्रिले नेपाल बन्द गर्छन्, बैदे बा'को पाटिले पुत्ला जलाउंछ, भारततिरबाट एकजना दारिवाल आएर "नेपालको हित र यहाँको शान्ती हाम्रो प्राथमिकता हो" भन्छन् । केही फिटिक्क बुझे मार्दिनु, कस्ले के किन भन्छ भनेर । कोहिलाई आठ सय जिल्ला चाहिएको छ, कोहिलाई सिङ्गा सिङ्गै प्रदेश, कोहिलाई सडकबाट न्यायाधिश हुनुपर्याछ, कोहिलाई दुई तीन वटा देशको पास्पोट लेर "NRN" बनेर घुम्न पर्याछ । यि सबैको बिचमा जगदिश घिमिरेज्युको "अन्तर्मनको यात्रा"का लाइन सम्झिन्छु, मेरा पुर्खाले पाखो खनेर खेत बनाएको ठाउँमा, आँफैले बसाएको ठाउँमा म "अन्य" बर्गमा पर्छु, हाम्रो खेत पहिले कमाउन आएका र लेकमा अलिकती हामीले दिएका पाखामा बस्ने तामाङ् दाजुभाइहरु "जनजाती" छन् । जस्ले जे भन्दे नि भो जस्ले जे गर्दे नि भो । सबैभन्दा सजिलो आफ्नो बा'को लाल्पुर्जा भाको मान्छे देश दाबी गर्न आए हुने, उसैको नाममा प्रदेश, प्रान्त र जिल्ला बनाउदै गर्न हुन्थ्यो । भोलिपर्सीलाई सजिलो हुन्थ्यो ।

आजका दुईचार समाचार यस्ता छन् :
कार्यकर्ता पोस्न एक अर्ब बाँडिँदै
तपाईंले यो सबै पढेसी तपाईं कती प्रतिशत सकारात्मक हुनुभो, आँफै नाप्नुहोस् ! :)

1 comment:

  1. kura sahi ho, sachi chutyauna garho bho yo desh kasko bhanera ani ko sachiko nepali, kun ho nepal bhanera..

    ReplyDelete

ShareThis