A roadese' Tale : हिंड्दा हिंड्दैका कथा

सबै तस्बीरहरु फोनबाट खिचिएको हुँदा गुणस्तरयुक्त नलाग्न सक्छन् ।

एक................................................

यो तस्बीरमा एकजना ट्राफिक दाई एउटी सानी स्कुले बहिनिलाई झोलामा टिफिन राखिदिन मद्दत् गर्दैछन् । भएको के थियो भने हामी आर आर अगाडिको चिया पसलमा चिया खान बसेका बेला ति सानी फुच्ची घरबाट पठाएको टिफिन (सेल र स्याउ थियो शायद)भकाभक खांदै हिडिरहेकी थिइन्, ती ट्राफिक दाइले तिन्लाई सोधे "किन खाएको, ब्रेकमा के खाने?"भनेर । अनी तिन्लाई फकाएर तिन्को टिफिन झोलामा राखेर चेन लगाइदिए । १० बर्षे द्वन्दका समयमा सर्बसाधारण र सुरक्षा अङ्ग बिचको दुरी आकासिएको छ, बिबिध कारणले । त्यो बेला देखिएको यस्तो दृश्य रमाइलो लाग्यो मलाई । 

दुई................................................
 यो दृश्य सुन्धारातिर हिंड्ने जोकोहिले देख्न सक्नुहुन्छ, त्यहाँ चोकको बिचमा सानो कक्षा जस्तो बनाइएको छ, जस्मा ट्राफिकहरु आकाशेपुलबाट नगै तलैबाट बाटो काट्नेहरुलाई केही सिकाउदै छन् । त्यहाँ नियम उल्लङ्घन गर्नेलाई चोकको बिचमा एकछिन् थुनेर कक्षा लिइन्छ । हामी नेपालीहरु नियम तोड्न पाए आफुलाई महान भन्ठान्छौँ, अरुलाई धारे हात लगाएर सराप्छौं, तर आफु त्यती पनि गर्दैनौ । अनी नियम सिकाउने यो काइदा गजब नभए के त ??
तीन................................................
 यि दिदी म कलङ्कीबाट सातदोबाटो जाँदा गाडीमा हेल्पर खलाँसी बसेकी थिइन्, सामान्यतया महिलाले यस्तो काम गरेको हामी पाउदैनौं, तर ति दिदी केटाहरु भन्दा पनि जब्बर थिइन् । कसैले बढी कुरा गर्‍यो भने पाखुरा सुर्केर अहिले झगडा गर्न जालिन् जस्तो । अनौठो के थियो भने तिन्लाई आँफैलाई भाडाको रेट राम्ररी थाहा थिएन, तैपनी कोही बाझ्न आए भने "महिला भनेर हेपेको??" भनेर झन् ठुलो स्वरले जङ्गिन्थिन् ।
चार................................................
पाँच................................................
र अन्त्यमा, म रत्नपार्कबाट हरिहरभवन कार्यलय आउंदा यि आमै मेरो बिपरित बसेकी थिइन् (काठमान्डुमा ड्राइभरको पछाडि उल्टो फर्केर बस्नेलाई पनि सिट खाली मानिन्छ), यती मस्तले मुस्कुराउथिन् कि अचम्म लाग्यो, तिनी आफ्नी छोरी जस्ती देखिने कुनै महिलासँग बसेर मेरो छेउमा बसेकी ग्रन्ज प्यान्ट लाउने टिनेजर केटीलाई हेरेर हाँस्दै थिइन् । बिगतका बर्षहरुमा एकले अर्कासँग डराउनु पर्ने बाध्यता अब कम हुँदै गएजस्तो देखिन्छ, धेरले यो तस्बीरलाई "जेनेरेसन ग्याप" पनि भन्लान्, तर शायद ती आमै मुस्काउन सक्नु सकारात्मक संकेत पो हो कि । यसैगरी सबै नेपाली मुस्काउने दिन आए कती गजब हुँदो हो ?  :)

6 comments:

  1. manparyo!! :) impressive snaps!! :))

    ReplyDelete
  2. Story and snaps reminds me kathmandu,long back again,thnx!Nice!

    ReplyDelete
  3. very nice collection.
    This reflects several social facts in our society.
    Keep it up!

    ReplyDelete
  4. Hey, great!!. Look like simple things but there is hidden artistic aspect. Keep it up!

    ReplyDelete

ShareThis