चाइनिज देश

पाँच छ वटा प्रसंग उध्रित गरौ:

कथा १) म नुवाकोट गएर आउँदा एकजना ४५-४६ बर्षका अंकलले गाउँका मान्छे उठाएर बाटो बन्द गरेछन, नुवाकोटको बाराही भन्ने ठाउँ नजिक । भएको के रहेछ भने काठमान्डुबाट नुवाकोट गैरहेको बस त्यो मोडमा पुग्दा बिपरीत दिशाबाट अैरहेका उनले मोटरसाइकल नियन्त्रण गर्न नसकेर लडेछन, र घुँडानिर दर्फर्याएछ । बाजेले गाउँका केटा बोलाहाले, नारा जुलुस शुरु भैहाल्यो । अब क्षतिपुर्ति नदिए बाटो खोल्दै नखोल्ने भन्छन । घुँडा दर्फर्याएको के क्षतिपुर्ति दिनु, फेरी गाडीले हानेको पनि होइन आँफै लडेका । कुरो मिल्न खोजेपछी फेरी पुलिस आइपुग्यो बिचमा, त्यहाँ भएका सबैको प्रतिकृया थियो कि पुलिस आयो अब झन अल्झाउछ । नभन्दै पुलिसले एक घण्टा अरु ढिलो गरायो । पुलिसले सहयोग गर्छ भन्ने कुरामा कसैको विश्वाश देखिएन । बन्दकै कुरामा दुई बर्ष अगाडि नुवाकोटकै उत्तरगया भन्ने ठाउँमा एउटा केटोले एउटी केटीलाई बिहा गर्छु भनेर भुँडी बोकाएर बिहा नगरि भागेकोले पनि राजमार्ग बन्द भएको समाचार आको थ्यो ।
कथा २) प्रधानमन्त्रिले बिरगन्जमा गएर "देशमा कसैलाई विश्वाश गर्न नसकिने भएको" भनेर भाषण दिए, हुन पनि हो एक हिसाबले बरा तिन्ले मात्रै के गरुन । पुलिसका बहालवाला र पूर्व सबै हाकिम कि त जेलमा छन कि भ्रस्टाचार मुद्दा खेप्दैछन, सभासद "किड्न्याप" गरेर जेलमा छन, सभासदको एक हुलनै पास्पोट बेपार गरेर मुद्दा खेप्दैछन । यस्ता कुकर्म कती कती ? पुलिसकै ठुला हाकिम श्रीमती मारेर जेलमा छन । विश्वाश पनि कस्लाई गर्नु र ?> हुँदा हुँदा फरार अभियुक्त समेत गृहमन्त्री सँगै हिड्छन । सबै नेताका आफ्न आफ्नै भित्रिया डन छन । रामहरी श्रेष्ठको हत्या तथा तस्करीको समेत अभियोग लागेका कालीबहादुर खाम जर्नेल पड्काउन ठीक्क परेर बस्याछन । जनताले पुलिसले सुरक्षा गर्छ भनेर पत्त्याउनै पर्ने आधार खासै बलियो देखिन्न, संबिधान बन्ला भन्ने त कथै भो । प्रधानमन्त्रीको "बाद" त चाइनातिरै बाट ल्याको हो क्यार, काम कुरो हेर्दा पनि खासाबजारको घडीजस्ता छन्, उस्तै परे हावापनी छिर्ने टाइप । :)
कथा ३) रोल्पामा हुलाक कार्यालयमा काम गर्ने आफ्ना श्रीमान "जनयुद्द"का क्रममा "जनदुश्मन" भै मारिएपछी एउटा पेटमा र दुइवटा काखमा बच्चा लिएर काठमाडौ छिरेकी देबिसरा पुनको काठमान्डु मलको छेउमा हुलाक कार्यालय अगाडि चल्तापुर्जा खाजा पसल छ । उन्को सबैभन्दा सानो छोरो रोगी भएकाले पछेउराले ढाडमा बाँधेकी छन र बाँकी दुइवटा बिजुलीको पोलमा चढ्दै ओर्लदै गरेर खेल्दैछन । उन्ले साँझ खाजा बेचेर दिनमा चार-पाँच सय कमाउछिन र गर्जो टर्छ । न उन्लाई सरकारले दिन लागेको आममाफीको पत्तो छ, न संबिधान नबनेकोमा चिन्ता । उन्लाई एउटै चिन्ता छ ग्याँसको, "भएको ग्याँसले पर्सीसम्मपुग्छ होला त्यस्पछी के गर्ने हो?" उन्लाई देशको भन्दापनी आफ्नो ग्याँस र ग्याँस्टिकको बढी चिन्ता छ ।   
कथा ४) देशमा बिकास हेर्न गाउँ गाउँ जानुपर्छ, सडक बनाउने भनेर भएका बारीका पाटा सब लडाएर सखाप छ । न योजना छ न त्यहा गाडी कहिले गूड्छ भन्ने अनुमान । जताततै डोजर लगाएर गाउँनै कुरुप पारीएका छन् । अझ सबैभन्दा हाँसउठ्दो बाटोको समिती बनाउने बेला हुनेरेछ । केन्द्रबाट गाबिसलाई पठाएको बजेट कसरी मिलाएर छर्ने र खाने भनेर पहिले गाउँ परिषदमा र त्यस्पाची वडामा सर्बदलिय समिती बनाइनेरेछ । अनी बजेट भाग लगाएर झ्वाम पार्ने धन्दा । म गाउँ पुगेको बेला हाम्रो वडामा पनि त्यस्तै बैठक थ्यो, त्यहा चाँही अध्यक्ष बन्न कोही मान्दोरहेनछ, भएछ के भन्दा यो साल आउने बजेटसमेत पोहोरकै समितिले उधारोमै बजाइसकेछ । आन्दोलनबाट शुरु भएको दलीय संयन्त्रले गाउँ गाउँलाई यसरी गाँजेको छ कि अचम्म लाग्छ, अरुबेला मारामार गर्ने पाटिहरु "गाउँ बिकास"मा त एकजुट् हुनेरेछन । सबैको हातमा "डबल सिम"वाला चाइनिज मोबाइल छदैछ, एउटाले अर्कोलाई "मिस्कल" गरेर धुरुक्क पार्नेरेछन । अनी अलिक फुर्सद भयो कि चाइनिज मोबाइल सर्टको अगाडि खल्तीमा हाल्यो, भुइँमा गम्छा ओच्छ्यायो, चलफराँस शुरु । गाउँ बिकास भाको छैन भनेर कल्ले भन्छ लौ त ?
कथा ५) प्रचन्डको नयाँ दरबार काठमान्डुमा मिडियामा त के छाएको छ र, काठमान्डु बाहिर त ठुलै मिथ् भएको छ । कोही त्यहाँ अन्डरग्राउन्ड बंकर छ रे भन्छन, कोही जमिनमाथी भन्दा तल धेरै छ रे भन्छन, कोही छत् मा हेलिकोप्टर बसाउनमिल्छ रे भन्छन्, कोही होइन छत् मा त स्विमिङ पुल छ रे भन्छन यती धेरै मिथ कि हाँसो लागेर आयो । अनी सोचे : काठमान्डुका मिडिया आफुलाई जान्नेसुन्ने भनिठान्छन, लु त कम्पिटिसन गरेर देखाउ ह्याँ ।
कथा ६) अचेलका गाउँ नियालेर हेर्नेहो भने चाइनाको कुनै प्रान्त जस्ता देखिन्छन, मोबाइल, कपडा, ओढ्ने ब्ल्यान्केट, रेडियो, टिभी, भिडियो डेक,घडी, टर्चलाइट, ट्युबलाइट देखी लिएर खेतमा बिषादी छर्ने पम्प समेत प्लास्टिकको चाइनिज आउनेरेछ । चाइनाले यसरी छोपेको छ गाउँलाई मानौ यो नेपालनै होइन । दाल, चामल, नुन तेल पनि चाइनिज सस्तो आउने भए मान्छेले चाइनिजनै बोल्न थाल्थे  होलान ।
यी ५-६ वटा प्रसङ्ग नेपालको बर्तमान समयका प्रतिनिधि प्रसङ्ग हुन् । यस्बाट हामी अनुमान लगाउन सक्छौ देश कता जादैछ भन्ने । प्रतिबेदनहरुमा आउने गरीबी घटेको, साक्षरता बढेको, स्वास्थ्य सेवा सहज भएको भन्नेलगायतका तथ्यहरुपनि "चाइनिज" हुनकी भन्ने लाग्छ बेला बेला । नेता त आफ्ना बोलीमा टिक्दै टिक्दैनन्, चाइनिजै हुन् पक्का पनि । हुँदाहुंदै चाइनिज आएर अदालतमै आक्रमण गरेर मान्छे कुट्न थाले । देशै पो चाइनिज भैसक्यो मान्छे भारतीय बिस्तारबाद भनेर कुर्लिन छोड्दैनन । भ्यालेन्टाइनमा बेचिने गुलाब र उपहारसमेत चाइनिज माल भएपछी सम्बन्ध टिक्ने कुरै भएन । सम्बन्धहरु साह्रै सस्ता, बिकाउ र "चाइनिज" भाका छन् । त्यती मात्रै हो र, सडक आज बनायो भोली छैन : "चाइनिज", आकाशेपुल बनाउन नपाउदै भत्कायो "चाइनिज", आयल निगमसँग तेल कहिले टिक्दैन :"चाइनिज" । बिस्तारै देशनै "चाइनिज" हुँदै गाको छ । :) 

7 comments:

  1. दाल, चामल, नुन तेल पनि चाइनिज सस्तो आउने भए मान्छेले चाइनिजनै बोल्न थाल्थे होलान Great !!!

    ReplyDelete
  2. it's my first time to your blog. really good effort! keep it up!

    ReplyDelete
  3. China le ta biswa khaisakeko chha business ma,farak yati ho,desh herer saman export hunchha,and plus Neapli like middle class n lower class also are able to be connected wid this world of technology,m thankful for them :)

    ReplyDelete

ShareThis