आज घरमा भात खान नपाउने छाँट छ उस्को, किनकी ब्यानै देखी श्रीमती महोदयको मुड खराब छ । एकातिर चार दिन लाइन बसेर नि ग्याँस नपाउनु को झर्को त छदैछ, अर्कोतिर झगडाको मुख्य बिषय स्थानान्तरण् भो हिजोबाट, कारण उस्को कोटको देब्रेपट्टी बाहुलामा एकाबिहानै महिलाको केश भेटियो । उस्ले पहिले हाँसेरै उडाउन खोज्यो, त्यस्पछी रिसाएर पन्छाउनु कोशीश गर्यो । तर पहिलै देखी रिस उठ्ने मुडले भरिभराउ श्रीमती जि साउनमा लेकमा झरी पर्दा फुलेका भेडा झै गुत्थ फुलिहालिन रिसाएर । एकछिन चिच्याउदै थिइन, कस्को हो कहाबाट आयो, कोसँग डेटिङ थ्यो भनेर, उस्ले बिचरा उत्तर दिन सकेन, थाहा भए पो दिनु । काठमान्डुमा माइक्रो नामको डब्बा चढेर हिंड्नेको जिउमा अर्काको 'बिग' नै झरेर अड्के त थाहा हुन्न, अब कपाल कहाबाट आयो भन्नु । अब दुईचार दिनलाई निहु खोज्ने मेलो पुग्यो उस्ले सोच्यो । यसैगरी साना झगडाले कती जागिरेहरु भात नचेपी अफिस जाँदा हुन, भोकै गए नि के फरक पर्छ र, टन्न हुनेगरी हाकिमको उपदेश र गाली त फ्री छ ।
उ घरबाट निरुत्तर बाहिर निस्क्यो अफिस जान र माइक्रोबस चढ्ने ठाउमा उभियो अल्छि मानेर आङ तन्काउदै । बिहानको घाम लागेर मौसम न्यानो थियो । दुई वटा माइक्रो आइसक्यो, चढ्न सकिने होइन । काठमान्डु मा गूड्ने यि स्याना कदका मटर साह्रै लचकदार हुन्छन, जती पनि मान्छे अटाउने । तेश्रो माइक्रो मा उ बल्जफ्ती झुन्डियो र ढोकानिर ढाड कुप्र्याएर उभियो । खलासी चिच्यायो " ओ दाई खुट्टा सिधा गर्नु त!" यो खलासी भन्ने जिनिस यस्तै हुन्छ, ढाड बाङ्गिएको देख्दैन, खुट्टा सिधा देख्छ । अटाउने न अटाउने मान्छे कोचेर माइक्रो घस्रिन थाल्यो । अलिक अगाडि गएपछी एउटा मान्छे झर्यो, सिटमा कोचियो ।
एक छिन् कुप्रिएको ढाड सिधा पार्दा ठीक्क भैगो, अनी बल्ल उस्ले दाँयापट्टी हेर्न भ्यायो । बिहान बिहानै बडी स्प्रे हर्र बास्ना आयो । बिहानै के सारो नक्कल पार्न सकेका, उस्ले हेर्दै नहेरी सोच्यो ।
"ए, तिमी पो!?!? ला सर्प्राइज प्लान गरेथे मैले!"
उ छक्क पर्यो, सबैभन्दा ठुलो सर्प्राइज त उस्ले उनलाई चिनेकै छैन, त्यस्माथि पनि के सर्प्राइज भन्छिन यिनी । "के सर्प्राइज र?" उस्का मुखबाट बल्जफ्ती निस्के ।
"म हिजै मात्र काठमान्डु ल्यान्ड गरेको, भर्जिनिया बाट । तिम्लाई च्याटमा नभनी आएर सर्प्राइज दिम भनेको, तिम्ले देखिहाल्यौ । मलाई देख्दा पनि तिमी चाँही कस्तो कोल्ड के? खुसी छैनौ है ?!?"
ए हत्ते, अब चिन्दै नचिनेको मान्छे सँग हट कसरी हुनु त ए कोल्ड नभएर । उस्ले सोच्यो । ह्या तपाईंलाई म चिन्दिन भन्देर बाटो लागु जस्तो लागेको थ्यो उस्लाई तर भनेन, चिनेको साथी पो हो कि भनेर । अम्रिका गएसी मान्छे फेरिन्छ, न सानोमा स्कुल कलेज तिर संगै पढ्ने कुनै रुन्ची भुन्टी हो कि । हेरुम न के भन्दीरेछे मुड फ्रेस गरुम अफिस पुग्नु अघी उस्ले सोच्यो ।
"अनी भनेर आउनु पर्थ्यो नि त, म एअरपोर्ट लिन आउथे नि ।" उस्ले सहज हुने प्रयास गर्यो ।
"ठिकै छ, फ्लाइट लेट थ्यो, त्यही भएर! सुनाउ न । तिमी अझै पनि नचिनेको मान्छेजस्तो पो बोल्छौ त । म चाँही तिमी भनेर वहाँदेखी आए, के भो क्या ? खुशी छैनौ तिमी ? कम अन, गिभ मि अ हग स्विट्स!"
ए आपत, उस्लाई फसाद पर्यो । गाडीमा वरीपरी बस्नेहरु ट्वाल्ल परेर उस्लाई हेरिरहेका थिए । न गाडीमा सबैको अगाडि "हग" भनेर अर्काकी गर्ल्फ्रेनलाई अङ्गालो हाल्नु, कोही चिनेकाले घरमा खबर पुर्याइदियो भने त बिहान भात मात्रै भेटिएको थेन, साँझ त बासै पाइन्न । उस्ले सोच्दै थ्यो, उ फेरी चिच्याइ ।
"आरन्ट उ कम्फर्टेबल विथ मी, टेल मि इफ यु ह्याभ सेकेन्ड थट्स!"
उस्ले यसो बिचार गर्यो, गाडीमा कोही चिनेको मान्छे रेछ भने बिजोग हुन्छ किनकी यो त चिच्याउन छोड्दिन । उस्लाई एकमन त सबै कुरा भनेर "भाँड मे जा" भन्दिम जस्तो लागेको थ्यो, तैपनी एक्छिन रमिता हेर्ने लालसाले उस्ले भन्यो "काल्म डाउन, कहाँ यती मान्छेको अगाडि हग गर्नु त अनी? लेट्स गेट अफ एन्ड गेट इन्टु अ रेस्टुरेन्ट, ह्याभ मच् टु टक !"
"यु आर बेहेभिङ स्ट्रेन्ज, ओके लेट्स अफ!"
उस्ले भाडा तिर्यो, "कार्ड छ" भन्दै । अनी मान्छेहरुलाई पन्छाउदै उनिहरु गाडी बाट उत्रे !
* * * * * * * *
छेवैमा रहेको क्वालिटी रेस्टुरेन्ट मा छिर्दा उस्ले थाहा पायो, केटी मोडर्न ड्रेसमा रैछे, अरुले ट्वाँ परेर हेर्दैथे केटीले उस्लाई अङ्गालो हाली "आइ मिस्ड यू सो मच्!" भनेर । उस्ले धेरै समयपछी परस्त्री सँग अङ्गालो मारेको, छुट्टै आनन्द अनुभब भयो उस्लाई । तर मान्छेहरुले हेरिराखेको देखेर उस्ले उन्लाई छुट्ट्यायो "पिपल आर स्टिएरिङ्ग एट अस" भन्दै ।
"यु युज्ड टु बि रोमान्टिक, बट यु ह्याभ टर्न्ड कोल्ड!" उसँग उत्तर थिएन । मेरी जस्ती बुढीको श्रीमान भाको भए तँ नि कोल्ड हुन्थिस । उस्ले मनमनै सोच्यो ।
"अनी कहाँ ठाउँ न कुठाउ रोमान्टिक हुनु त ?" उस्ले अझै सहज हुने कोशीश गर्यो । "अनी मलाई के ल्याइदियौ त >?"
"म आए त, अरु के चाहियो?" उनको प्रतिप्रश्नमा लाडेपना थियो । उस्ले सोच्यो, कत्तिन आफुलाई सेलेना गोमेज ठान्छे कि क्या हो ?
"त्यो त हो, अनी अरु सुनाउ न कस्तो चल्दैछ।" उस्का मुखबाट फुत्किहाले, ज्या के भनें भन्ठान्दै ।
"तिमी किन आज फर्मल भैराछौ क्या ? यु ह्याभेन्ट किस्ड मि टिल नाउ!" उ फेरी पहिलेकै च्यानलमा फर्की ।
उस्लाई आपत, नचिनेकीलाई किसै त के गरिहाल्नु । "एम स्टिल स्टन्न्ड बाइ द वे!" उस्ले कुरा अन्तै मोड्ने प्रयास गर्यो ।
उनिले एक झोकमा दुईवटा टुबोर्ग बियर, एउटा बफ चिल्ली र मम अर्डर गरिन, घराँ बुढीले स्वस्थानीको बर्त बस्ने भएर चिकेन पनि खान दिन्न, ह्याँ यल्लाई ब्यान ब्यानै बियर र राँगा मासु चाहिने उल्लाई ।
"तिमी धेरै सोच्ने भएछौ, केही समस्या छ र?" उन्ले सोधिन । उस्लाई आपत । समस्यै समस्या छ, तलाई चिनेको छैन, किचेनमा ग्याँस छैन, बाइकमा पेट्रोल नभएर माइकोरो मा झुन्डेर अफिस जानुपर्छ,घराँ बुढी रिसाएर बम छे, अफिसाँ हाकिमले रातो लगाइसक्यो होला हाजिर कापी मा, यो भन्दा के समस्या हुनु भन्दिम जस्तो लागेको थ्यो उस्लाई । उल्ले यत्ती भन्न भ्यायो "तिमी साह्रै राम्री भैछौ ।" यी शब्द कहाँबाट निस्के उस्लाई पत्तो छैन । राम्री भन्दिम जस्तो लागेको अलिक बढी नै भनिएछ कि क्या हो ? उस्ले सोच्यो ।
उस्को हावा तीरले काम गर्यो । उ मुसुक्क मुस्काइ । अर्काकी गर्ल्फ्रेन भए नि राम्री छे है । उल्ले अप्ठेरो मान्दै बियर तन्कायो । चिसो बियरले घाँटी भिजायो । पेट भोकले रनन थ्यो, आज लाग्ने भो खाली पेटमा उस्ले सोच्यो ।
बफ चिल्ली आइपुग्यो, उस्ले टोक्न मात्र आँटेको थ्यो, उन्ले भनिन, "अनी भन तिम्री श्रीमतीको खबर के छ नि ?"
उ झसङ्ग भयो । यल्लाई मेरो श्रीमती छ भन्ने कसरी थाहा भो, लौन जासुस पो हो कि क्या हो श्रीमतिले पठाको, हो रेछ भने आज खत्तम भन्ने सोच्दै उस्ले भन्यो "ठिकै छे किन र?"
"अस्ती मैले तिमीसँग स्काइप मा कुरा गर्दा मेरा बुढाले डाउट हानेका थे नि त, अनी मैले तिमी म्यारिड हो भन्दें ।" उन्ले बफ चिल्लिको छोक्रा अड्केको दाँत फिस्स देखाइन्, उस्लाई बसिनसक्नु भो । ए बाबा, अब यस्को बुढो कहाँबाट निस्क्यो फेरी? हे प्रभु बचाउ मलाई उस्ले सोच्यो, ताकी उस्ले जुरुक्क उठेर "मै तेरी बच्चे कि माँ बन्ने वाली हुँ" टाइप डाइलग नदेओस । यल्ले त के बेर र । लौ खत्तम ।
"मैले अनलाइन चिनेको मध्य त सबसे हेन्सम तिमी नै लाग्छ के मलाई त । आँखा राम्रा छन तिम्रा ।" उनी उता के के फलाक्दै थिइन, यता उस्का दिमाग तिरिमिरी भए । अफिसाँ फेस्बुक ब्लक गर्या १ बर्ष भो, घराँ बत्ती आए पो नेट चलाऊनु, मोबाइल घर पुगेसी केटाकेटिले गेम खेलेर दिक्क लाउछन, होइन आँखा समेटा हेर्ने गरी काँबाट चिनी क्या यल्ले मलाई । फेरी झल्याँस्स भो, ज्या है मै पो अर्काकी गर्ल्फ्रेन सँ आको त गाँठे ।
"ए अनी तिमी एक्लै आको ? तिम्रो श्रीमान खोइ त ?" उस्ले अलिक बिषयमा प्रबेश गर्न खोज्यो ।
"हरे तिमीले बिर्सेंको ? उ कहाँ मेरो अथोराइज्ड् हस्बेन्ड हो त । हामी त लिभ इन मा हो नि । उता गाको बेलामा उ हुन्छ यता तिमी । आइ एम कम्फर्टेबल विथ बोथ अफ यु गाइज । आइ वान्ट टु बि अ फ्री बर्ड ।"
उता उन्ले जानेको जति अङ्ग्रेजी बोलेर सकिन, यता यस्को हंसले ठाउँ छोड्यो । बियर को नशा त गायब । अब कसरी भाग्ने, यल्ले घरमा आउने या फोन गर्ने या पछी लागी भनी त मेरो बुढीले पुलिस लाउछे ।
उस्लाई एउटा जुक्ती फुर्यो । "एम गोइङ रेस्टरुम है, प्लिज क्यारि अन।" भनेर उ निस्क्यो र ट्वाइलेट् को पछाडिपट्टिको भागबाट बरान्डा हुँदै सडकमा हाम्फाल्यो ।
बाहिर निस्केर उस्ले एउटा सुर्य चुरोट सल्कायो र घर जाने निर्णय गर्यो । धन्न अनलाइन पुस्ता धन्न लभ । चिन्नु न जान्नुको मान्छेसँग कम्फर्टेबल, हरेशिव सोच्दै घर आइपुग्यो ।
बिहान कोटमा रौ भेट्दा उफ्रिने स्वास्निले जासुस बनाएर पठाकी रछे भने त आज दह्रो भेटिन्छ भन्ठान्दै उस्ले डोरबेल् थिच्यो । "अलिक तान्नु न ढोका खुल्लाई छ, किन तपाईं चाडै आउनुभा? सञ्चै त छ?" भन्दै उस्की बुढी निधार छाम्न आइपुइगी ।

"एक्कासी यो खुशी किन नि ? ब्यान त मलाई झन्नै खाउला झै थ्यो त अनुहार?" उस्ले सोध्यो ।
"ग्याँस पाइयो नि त, अब एकमहिनालाई आनन्द, एक महिनामा त आउँला नि है ।" बुढी दङ्ग छे, उस्लाई छुट्ट्याउन गाह्रो भो, बुढा घर आएर भन्दा ग्यांस पाएर बुढीहरु खुशी हुने जमाना आएछ ।
उस्ले मन मनै सोच्यो, "यस्ता कुलङ्गार देशाँ बसेर पनि अझै आसाबादी हुनु पागलपन हो । त रिसाकी छैनस भन्ने थाहा भाको भए त त्यो बियर सकेर आउथे नि थुइक्क ।" अनी मुस्कायो । :)"ग्याँस पाइयो नि त, अब एकमहिनालाई आनन्द, एक महिनामा त आउँला नि है ।" बुढी दङ्ग छे, उस्लाई छुट्ट्याउन गाह्रो भो, बुढा घर आएर भन्दा ग्यांस पाएर बुढीहरु खुशी हुने जमाना आएछ ।
You may also like to read some more stories of mine here :
1) चाइनिज देश
2) समयक्रम
3) समयक्रम २
4) सपनाका कुरा

:D babbal ramro lagyo hai katha :D
ReplyDeleteThanks!
DeleteThis comment has been removed by the author.
Deleteperfect specular; superhit, u made my day; best blog ever i read
ReplyDeletekudos bro!!
take a "hug" for it :)
Thanks! "HUG" Back! :)) Cheerz!
DeleteEconomics class ko bichmaa mobile maa padhiyo yo kathaa. First line padhne bittikai chhodnai mann laagena, saano screenmai padhiyo. Kathako flow ekdam mazzaa laagne ani word selection pani aananda dine type ko. :)
ReplyDeletethanks bro! Will keep trying to write on!
Deleteगज्जब!!! हाँस्दा हाँस्दा पेटै दुख्यो यार् :D :D
ReplyDeleteThanks! :))
Deleteल मलाई राम्रो लाग्यो ।
ReplyDeleteThanks bro! :))
Deleteकल्पना त कता कता पुग्नी क्या तिम्री...गज्जब रमाइलो ।
ReplyDeleteThanks! Fictionalizing the imagination! :))
Deleteराम्रो । गज्जब । हाहा । अलि छाँटकाँट गरेर पत्रिकामा पठाऊ न । :)
ReplyDeleteOkay! will think on it! :))
Deleteonce more bhaner bhanna namilne hai?
ReplyDelete:) Will write again, keep suggesting hai! :)
Deleteha ha ha so so so nice story!
ReplyDeletekya kaidako racha!
yestai ho adhunik jamana
Thanks! :))
Deletesuperb!!!!!
ReplyDeletethanks! :)
DeleteThanks. This story representive present seneiro of Nepal
ReplyDeletedammi lagyo buh..ending manparena...alik lambinu parthyo yo stroy...CLIMAX ako vaye dherai maja authyo..
ReplyDeletekei kaam napayera ho khas padheko coz m not a reader, tara was worth reading... mazzako thiyo :)
ReplyDeleteeslai ajhai aru part ma lagnuparyo :)
Dherai ramro lagyoo tara tyo beer chai khatam garnu parni theyooo k ...!!bravo..!!
ReplyDeleteआजकालका कथाहरु पढ्दा प्राय जसो सय शब्दजति पढ्ने बित्तिकै हाइ हाइ आउन थाल्छ । त्यसैले त किताब भए ढ्याप्प बन्द गएर साइड लगाइदिन्छु । कम्प्युटरमा भए ट्वाक्क क्रस वटन हान्छु । मेरो बानी यस्तो अप्ठ्यारो छ । तर तपाईँको कथाले यति सारो चुम्बकको काम गर्यो कि कमेन्ट नठोकी चित्त हाँसेन । वाफरे, यति मीठो कथा मैले नपढेको वर्षै भएको रहेछ । i really mean it. i am leaving this page right now, but will never leave your stories unread from today onwards. superb ! मिथुन चक्रवर्तीको शैली सापटी मागेर भन्नुपर्दा— क्या वात् क्या वात् क्या वात्
ReplyDelete