डाक्टर बाबुराम र उँटको कथा




                                        
         (हाम्ले देखेका)                                                                    (हाल चिल्लिएका )
             सानामा स्कुल पढ्दा शिक्षकले एउटा कथा सुनाउनुहुन्थ्यो, यध्यपी यो पुरा नहुन नि सक्छ । भगवानलाई एकपटक मान्छेसँग सारै रिस उठेछ रे । उल्टो उल्टो कुरा गर्ने, धर्मकर्ममा काम ध्यान, पाप बढ्दै गएपछी भगवान झोक्किएर पख है त, म मान्छेभन्दा राम्रो प्राणी बनाउछु भनेर तरखर गरेछन । त्यस्का लागि उन्ले एकदमै राम्ररी योजना बनाएरै सबै प्राणीहरुको मन परेको अङ्ग छानेछन र जम्मा गरेछन । उन्लाई बाघको कम्मर मन परेको होला, हरिणको अनुहार मन परेको होला, जिराफको घाँटी मन परेको होला आदि । मान्छेभन्दा राम्रो बनाउन उ भन्दा बलियो, अग्लो, फुर्तिलो नि बनाउनै पर्‍यो । त्यसरी बनाउदै जाँदा अन्त्यमा उँट बनेछ रे । उँटलाई जनावरहरुमा लगभग सबैभन्दा कुरुप जनावर को दर्जा दिन सकिन्छ । सरले मलाई (मा अलिक ट्यालेन्टमा गनिने भएर) यो कथा भन्दा म बुझ्दैनथे, अहिले मलाई छर्लङ्ग भाको छ कि त्यो कथाले भन्न खोजेको उत्तर त बाबुराम भट्टराई पो हो त गाँठे ।

प्रधानमन्त्री नहुन्जेल बाबुराम काम्रेटको कत्रो हाइ हाइ थियो । विद्वान नेता, पिएचडी गरेका, अर्थशास्त्र बुझेका, भ्रस्टाचारको आरोप नलागेका लगायत यति 'मिथ'हरु बजारमा फालाफाल थिए कि जो कोहीले पनि सजिलै विश्वाश गर्थ्यो, आहा! यो पो हो त भनेर । सबैभन्दा रमाइलो बाबुराम प्रधानमन्त्री भएसी जान्ने-बुझ्ने भैखाको म आँफै तीन बित्ता बुरुक्क उफ्रेको थे, के-के न पल्टेला झै गरी । त्यतिबेला बाबुरामलाई गाली गर्नेलाई टुइटर, फेसबुकमा गाली गर्नेलाई समेत सत्तोसराप गरियो । मुस्ताङ गाडी चढ्नेदेखी उन्ले गरेका हरेक शुरुवाती खरानी धसाइको न्वारानदेखिको बल निकालेर सक्दो सकारात्मक अर्थ लगाइयो । पढेका बुझेका नेता केही गर्लान भन्ने ठुलो आसा थियो र त सबै जनताले उन्लाई काँधमा राखेर माथि चढाए । परिणाम् : बाउराम काम्रेट त्यही कथाको उँट भएर निस्के, उन्ले आसा राखेर आफुलाई माथि चढाउनेहरुतिर फर्केर जोरदार सुसु गर्दिए । अहिले उनी चिल्ला भएर निस्के(फोटोमा हेर्नुस्), र आजकाल त भाषण पनि यस्तो शैलीमा गर्छन् मानौ उनीमाथी आसा राखेर हाम्ले ठुलो अपराध गरेका छौ ।
अस्ती उन्लाई पाल्पामा कालो झन्डा देखाइयो, यि तिनै युबा हुन जस्ले "बाबुरामलाई काम गर्न देउ" भनेर टिशर्ट लगाएर हिड्थे । आजकाल तिनेर्का ति टिशर्टको के हबिगत भो होला भन्ने सम्झेर हाँसो लागेर आउछ । उन्ले उँट बन्दै जाने क्रममा देउबा साप को सबै भन्दा ठुलो मन्त्रिमन्डलको इतिहाँस समेत तोडेनन । मेरा एकजना आदरणिय दाजु (नाम उल्लेख नगरुम)ले उनी प्रधानमन्त्री भएकाइ दिन एउटा कुरो भन्नुभाको थ्यो : भाई धेरै आसा नगर, बाबुराम पहिले माओबादिका नेता हुन अनी मात्र हामी जस्ता सर्बसाधारणका । त्यो भनाइ आज एकदम जोड्दार प्रमाणित् भएको छ । उन्ले आफ्नै पार्टीमा रहेका दुई दुई जना ज्यानमारा(एकजना अभियुक्त र अर्को अदालतबाट सजाएँ तोकिएका)लाई जोगाउन मरिहत्ते मात्र गरेनन, मान्छे पढेरै मात्र सबै कुरामा ढङ्ग पुर्याउन जान्दैन भन्ने पनि देखाए । सबैथोकको सक्दो मुल्यब्रिद्दी, कर्मचारीहरुको मनलाग्दी सरुवा, अनाबस्यक ढोंङ्गी निर्णय (जस्तै: शहिदगेटबाट राजाको सालीक हटाउने लगायत)गरेर उनी 'जनताका नायक' बाट 'एक शिक्षित नालायक' बन्ने बाटोतर्फ अग्रसरसमेत् देखिए । अर्काको पालामा बनाको सडक, क्याम्पस र बजारका नाउ फेरेर देश बिकास हुन्छ ? राजा महेन्द्रले आफ्नी स्वास्नीको नाउँमा भएनी "रत्नराज्य" क्याम्पस बनाका थे र आज म यती लेख्न सक्ने भाको छु । सक्छौ भने आँफै बनाउ न त्यो भन्दा ठुलो । अर्काको नाउ मेट्ने बल्मिच्याँइ गरेर तिमी महान हुन्छौ ? तिमीले जती बुर्जुवा भनेर उफ्रेपनी हाम्रो इतिहाँस त्यै हो, र ऐतिहाँसिक धरोहरलाई जोगाएर राख्नुपर्छ न कि भत्काउने ! सक्छौ भने पूर्व पश्चिम पहाडी हाइवे बनाएर "बाउराम लोकमार्ग" राख न । एउटा ठुलो जलबिध्युत बनाएर "मोहनबैदे जलबिध्युत" न । कल्ले छेक्याछ ?
बाबुरामलाई मात्र किन गाली भन्ने प्रश्न उठ्नसक्छ; किनभने हामीले अरुबाट आसा गरेकै थिएनौं । बरा माकुने,झलनाथबाट के आसा गरोस र देशले ? तिमीबाट आस गरेको तिमीले आस गरेजती नगर्लाउ भन्ने त पक्कै थ्यो, तर यसरी स्खलीत भएर दाँत देखाउलाउ भन्ने त पक्कै थेन । गाह्रो भाको हुनसक्छ, गाह्रो बेलामा गर्नसक्नेनै गर्नसक्ने हो । सजिलो हुन्जेल त लोकेन्द्रबहादुर चन्द या सुर्यबहादुर थापा हुँदा नि चलेकै थ्यो नि । भोलीपर्सी कुर्सिबाट् खुस्केसी तिमीलाई भान हुनेछ तिमीलाई, तिमीले कत्रो ऐतिहाँसिक मौका 'मिसफायर' गरेउ । कसरी हलो काटेर मुङ्ग्रो बनाएर देखायौ । अब मलाई ब्यक्तिगत रुपमा तिमीबाट कुनै आस छैन । यो देश 'हिसिला' हरुले चलाएको देश हो, धन्न चलेको छ, ठुलो कुरो त्यै हो । उँट बन्न सफल भएकोमा बधाई । गाला चिल्ला र रातापीरा भएका छन, त्यो गालाको लाली सधैं कायम रहोस् । समयमै "नेता आखिर चोरै हुन जो भएनी, आस गर्नुहुन्न" भन्ने सन्देश दिएकोमा धेरै धन्यवाद छ । गल्ती हाम्रै हो, तिमी राम्रो बनेर निस्केलाउ, देश बिकास होला भनेर तीन हात बुरुक्क उफ्रिने हामी भेडा नेपालीको । धेरै राम्रो बनाउन खोजेसी उँट बन्नेरेछ । देश बन्छ, झर्ला र खाउँला भनेर बस्नेहरु, "इस् खाइस!"

15 comments:

  1. लेखाइ परिस्कृत हुँदै गएकामा बधाइ छ। बल्ग चाँही पुरै पढि हालम जस्तो लाग्दैन अचाल। सायद राजनैतिक बिमती भएर होला। तर पनि परिष्कृत नेपाली लेखनकालागी बधाइ स्विकार होस

    ReplyDelete
    Replies
    1. गुरु राजनीतिक बिमती राख्नु तपाईंको आफ्नो पाटो हो । मलाई भट्टराई बाजेसँग सहमती बिमती क्यै छैन । पहिले बुत्रुक्क उफ्रेर सपोर्ट गरेकै हो, आजकाल गर्न सकिएन । माफ पाम ! :)

      Delete
  2. तिम्रो ब्लग पढ्दा, तिम्रो अघि बसेरै गफ सुन्या जस्तो लाग्छ । यहि नै रमाइलो हो ...
    विषयवस्तु सँग बालै भएन । पैले नि भन्थे, अहिले नि भन्छु, सबै राजनितिज्ञ एकै हुन्छन् । कोही सँग लेना छैन, चुनावका बेला भोट खसालिन्छ बस्स..

    ReplyDelete
    Replies
    1. Thanks bro! :)) Trying to develop my writing! :))

      Delete
  3. http://sabinsiingh.blogspot.com/2012/01/blog-post_27.html

    ReplyDelete
  4. Reaction ma funny, Intresting, Cool matraile pugena, "Real/ity" pani add garda kaso hola, one click ma action diani paiyena.

    ReplyDelete
  5. यो राजाका नामका सबै कुरा परिबर्तन गर्ने सोच मलाई पनि कत्ति चित्त बुजेको थिएन तपाईले यसलाई पनि समाबेस गर्नु भएछ खुसि लग्यो....... इतिहास सबै राष्ट्रको हुन्छ तेही राजा हटाएर त यी माओबादी माथि आएका.... सक्छन् भने आफैले बनाएर आफुले चाएको नाम राखे भैगोनी....

    ReplyDelete
  6. जरालाई पनि हेर्या होलान नि दासापले :P

    ReplyDelete
  7. नेता आखिर चोरै हुन जो भए'नि, आस गर्नुहुन्न" भन्ने सन्देश दिने 'आशाका एकमात्र केन्द्र' ले पनि फनफनी रिङटा छुटाउने गरी घुमाइदिए । आफ्ना समर्थक मात्र जनता देख्ने माओवादीको नजरभन्दा फराकिलो बन्दा यो ब्लग जनपक्षीय भावले लेखिएको पाएँ । राम्रो कामको लागि बरू ज्यानमारा नै हुनू, यति हुतिहारा त नहुनू बाउराम !!

    ReplyDelete
    Replies
    1. malai aafno blog bhanda guru ko comment dami lagyo! :)) Thanks guru! Hope for continuous feedback! :))

      Delete
  8. आखिर बाबुरा बाबुराम एक्लैले के गर्न सक्छन र ? यत्रो झुण्डलाई मन्त्री नबनाए आज फ्याक्ने हुने कि भोलि थाहा छैन ? त्यै पनि धेरै गरेका र गर्ने कोशीस गरेका छन् बाबुरामले अरुले भन्दा । जसले जे सुकै भनोस् बहुदलिय प्रजातन्त्रको इतिहासमा देश र जनताको लागि इमान्दारिपूर्वक केही न केही गरेका वा केही गर्ने कोशीस गरेर जनतामा आशा जगाउने र विश्वाश पलाउने काम गर्ने मात्र २ जना प्रधानमन्त्री छन नेपालमा १. मनमोहन अधिकारी २. बाबुराम भट्टराई ।

    ReplyDelete

ShareThis