देश र जनताको लागि

आजकाल बजाराँ धेरै चिजको बिरोध भैरा सुनिन्छ । एकमनले त लाग्छ, मान्छेहरुको कामै छैन कि क्या हो ? जतिखेर नि बिरोध गर्याछन, टायर बाल्याछन, नेपाल बन्द गर्याछन । नेपाल नयाँ भैसक्यो, पुरानाका ठाउँमा नयाँ कती हो कती राजा आइसके, मान्छेहरु जाबो ४७ सालतिरकै जस्तो पुरानो बिरोध गर्छन् । मैले एउटा कुरो बुझ्नै सक्याछैन कतीसम्म चाँही बिरोध गर्न सक्याहुन यार ? देश र जनताको लागि गरिएका कुनै पनि काममा कसैको सहयोग र समर्थन छैन, अनी के देश बिकास होस ? कुरै बुझ्दैनन मान्छेहरु!
प्रचन्डले घर किनेर (भाडामा लेर) बसेको मान्छेले गलत बुझेका छन, त्यो त जनताको लागि हो । देश र जनताको लागि बहुत कर गरिएपछी वहाँ अप्ठेरो मान्दै जाबो चार पाँच करोडको घरमा सर्दिनुभाको । वहाँले देश र जन्ता को लागि गरेको त्याग कसैले बुझेकै छैन । वहाँले युद्द त्याग्दिनुभो, राष्ट्रपती त्याग्दिनुभो, पर्दानमन्त्री त्याग्दिनुभो, आफ्ना पाटिको सेना र हतियार झन्नै झन्नै त्यागिसक्नुभो(खन खान गनेर पैसो नआउनिभे त्यो पनि उहिले नमिल्काए के?) । त्यो सबै त्याग्दा कसैलाई बाल छैन जाबो नयाबजारको भाडाको घर त्याग्दा त्यत्रो हल्ला ? वहाँ को डेढलाखको खाट कोरिन्छ वर्छ, बरा देश र जनताकै लागि हो त्यो सबै । अब (ह)रामचन्द्र पौडेललाई नै हेरुम न । देश र जनताको लागि सत्र सत्र पटक चुनाउ हार्दा कसैलाई बाल छैन अहिले पुरानै बेबस्था चाहिन्छ भन्दा के बिराउनुभो व्हाँले ? पुरानै सम्सदिय बेबस्था टालटुल पार्दा चल्च भने नयाँ किन चाहियो ? व्हाँलाई देश र जनताको लागि जाबो एकपल्ट पर्दानमन्त्री नि हुन नदिनी माउबादी ले भन्या राष्ट्र्पतीलाई व्हाँ त्यसै मान्नुहुन्च ? त्यो पनि देश र जनताकै लागि हो । न मान्छेका दिमाख छन न कुरो बुझ्छन नि हरी !
अब बाउरामलाई नै हेर्नुस् । व्हाँले भएभर्को पढेको बलले सबैथोक महङ्गो बनाउनुभो, मान्छेले बुझेकै छैनन, सबैथोक पैला महङ्गो बनाउनी अनी बिदेशाँ व्हारारा महङ्गोमा बेचेसी देश र जनताको लागि जुवा खेल्नी पैसा कत्ती आम्च आम्च ! व्हाँलाई मात्रै इन्डिया गेर एकफेरा जुवा खेल्न मुन छैन र भन्या ? देश र जनताको लागि जुवा खेल्नी पर्दानमन्त्रिलाई देखीसहे पो बिकास हुन्छ देशको । व्हाँको म्यामले सानेपामा घर पनि देश र जनताकै लागि किन्न लाग्नु भा हो । झलनाथ कामरेटले देश र जनताको लागि चड्कन खानुभो । मादप नेपालले देश र जनताको लागि त्यत्रो मैना पर्दानमन्त्रिको पदाँ बस्दिनु भो, दुई दुई ठाँट् हारेर नि । स्यानो मुटु भाका भुराभारिले सक्छन त्यसो गर्न ? मोहन बैदे काम्रेट देश र जनताको लागि सधैं उल्टो र जनबिद्रोहको कुरा गर्दिनुहुन्छ, देउबा अंकललाई दुई दुई पटक बेइजेत भेर नि देश र जनताको सेवा गर्न पुग्याछैन र कुर्लिरनुभाछ । देश र जनताप्रतिको यो योगदान कसैले नदेख्नी अनी चिच्याउनी मात्र ??

त्यती मात्रै हो र ? एमालेका बिनोद चौधरीले देशका लागि के मात्रै गर्नुभेन, कर चोर्ने देखी डुप्लिकेट पासपोट बनाउनी सम्म, शत्रु लागेर मात्रै हो नत्र देशका लागि व्हाँले अझ कती गर्नुहुन्थ्यो भन्ने हाम्लाई मात्तै था छ ह्याँ ! हाम्रा नेताले देश र जनताको लागि गरेको योगदान सम्झ्यो भने मेरा आँखा रसाउछन, सही नसक्नु हुन्छ । श्यामसुन्दर गुप्ताले देश र जनताको लागि किड्नेप गर्दिनुभो, करिमा बेगमले सिडियोलाई चाडकन लाइदिनुभो, १०-१२ थान (देखिएका)सभासदज्यु हरुले देश बिकासमा लगाउन आफ्नो पास्पोट समेत् बेच्दिनुभो । यत्रो योगदान हेर्नुवर्नु छैन, उफ्याछ, कुर्ल्याछ । पासवान ले देशका लागि कुर्सी फ्याक्नुभो, सञ्जय टकला ले माइक तोडे, सिपी कामरेटले ब्वारिलाई घराट निकाले, एउटिले बिजुली चोरिन्, रबिन्द्र काम्रेट र अर्का एक सभासद अर्का स्वास्नि लेर भागे, के यि देश र जनताका लागि गरिएका काम होइनन ? ह्रिदएस तिर्पाठीले बनको माझाट गाडी किन लान आँट्नुभा, देश को लागि होइन ?? व्हाँले त्यो सम्पत्ती आफ्नो लागि थुपार्नुभा भन्ठान्याहोला, होइन बाबु त्यो सबै देश र जनताको लागि हो । राजेन्द्र महतोले खाममा हालेर पैसो दे, डिबी काम्रेटले घुष खाए, सुजाताले अन्तरराष्ट्रिय अपराधिलाई ज्वाँई बनाएर ल्याएर बिदेशी लगानी भित्र्याइन, बिजय गछेदारले गणेश लामालाई अप गृहमन्त्री बनाए । यो सब कस्का लागि ? देश र जनताको लागि होइन ?? अझ त्याँमाथी ओली काम्रेटले सकी नसकी त्यत्रा उखान टुक्का खोजी खोजी कुर्लेको कस्का लागि भन्ठान्याछ । नेपाला मान्छे फिटिक्कै कुरो बुझ्नि भए पो हुन्च ?> दिमाक चाहियो नि !
देशमा भैरहेका नराम्रो भनिएका (पत्रीकाले बङ्ग्याएका) सब काम देश र जनताको हितमा छन । भोलिको पुस्तालाई यस्तो यस्तो गर्न हुन्न भनेर सिकाउनलाईनी यस्ता काम गर्न जरुरी छ । कोही अरुको राष्ट्रहितका काम छुटेको भए चित्त नदुखाउनोस, तपाईंले गरेको देश र जनताप्रती जिम्मेवार काम मा हामी सब साथ छम । जाबो संबिधान नबनाए नि हुन्च, मान्छेसँ पुरानै छदैछ, त्यसैले चल्छ । नयाँ बनो भने कम घाटा छ ह्याँ ? सबैले किन्न खोज्छन कम् खर्च हुन्च? त्याँमाथी किताप नयाँ छाप्नुपरो, सबै अप टु डेट गर्न सानो खर्चले हुन्छ ? संबिधानसभाको म्याद नथपेर क्यार्नी ? नयाँ चुनाउ गर्न कम पैसो लाग्छ ह्याँ ? फेरी जित्ने तपाईंहरुले नै हो केरे ? देश र जनताले तपाईंलाई नै जिताउने पक्का छ ! तपाईंको यो देशको खर्च जोगाउने अभियानमा हामी साथ छम, जो छैन त्यो देश र जनता तथा शान्ती र संबिधान को घोर बिरोधि हो । देश र जनता बिरोधइहर्लाई घोक्रार देशाट निकाल्न पर्च ! जदौ !

4 comments:

  1. सरले पनि अरुले बिरोध गर्या बिरोध गर्या हो?

    ReplyDelete
  2. भातमाराहरुले यो ब्लग पढ्ने भए पो.... हाम्ले पढेर त 'वा क्या लेखेछन जनताको पक्षमा' भन्यो बस्यो |

    ReplyDelete
  3. The boy is angry, but hasn't lost his sense of humor...

    ReplyDelete

ShareThis