गोरु जुधाइको रमाइलो

काठमान्डुबाट लगभग दुई दिन पुरै बाहिर निस्केर नुवाकोटको तारुका पुगेर "गोरु जुधाउने प्रतियोगिता" हेरेर आइयो शनिबार र आईतवार भरिमा ! रमाईलै भो यो सप्ताहन्त: घर पनि पुगियो । अब ममिको घर आएन आएन भन्ने गुनासो दुई चार हप्तालाई बन्द हुन्छ । आफ्ङो गाउँ ठाउँम्स्स पुग्नलाई हुन त कुनै उत्सब चाहिनेथेन तर अल्छि भएर हो कि किन झोला बोकेर योजना बनाएर हिंड्न त्यती जाँगर चल्दैन ! यो पटक चाँही आफ्नै ठाउँमा हुने गोरु जुधाउने प्रतियोगित कस्तो हुनेरेछ त भन्ने खुल्दुलिले झोला बोकेर नुवाकोट लागियो ।

त्यो टोलिमा जाने हामी चार जनाका दुर्दशा त्रिशुली बसपर्क बाटै शुरु भए ! रमाइलो गर्ने भनेर जान्ने भेर छत् मा चढेको यसरी मान्छे कोच्यो कि आपत भएर मुड्खु पुगेसी गाडीबाटै ओर्लेर भागीयो ! अनी गाडी रोक्दा रोक्दा सिट नपाएसी एउटा माइकोरो बसको छतमा बसेर गाउतिर लागियो ! बेलुका साँझ मेरो घरमा बसियो, बिहान उठेर झ्याप्प सन्क्रान्ती नुहाएपछी बजार झरेर अर्को गाडीको छतमा चढेर त्रिशुलीको किनर किनार तारुका तिर लागियो । तारुकाघाटमा गाडीबाट ओर्लेपछी ३ घण्टा जती हिंडेर माथि चढियो (अरुलाई भए डेढ घण्टा)। त्यहाँ बाट पजेरो (आईशर को मिनित्रक त्याँ चढ्न पाउदा पजेरो बराबर नै भाको थ्यो)चढेर घटनास्थल(प्रमिला देबकोटा र प्रभात भाई अझ भनम पत्रकारको भाषामा)तिर लागियो । बाटोमा रोटेपिङ र लिङ्गेपिङ खेल्ने ठाउँ फेला परेका थे । मैले जादा एकपटक आउँदा एकपटक कनी कनी लिङ्गेपिङ मच्चाए ! माथि दुई तीन हल गोरु जुधाको हेरियो । त्यसपछी साथीहरुले त्यहाँ भेटिएको सुन्तला, चटपटे, उसिनेको अन्डा समेत टिपे ! :) निसन्तानलाई सन्तान मिलाइदिने बाबाको बिज्ञापन हेरेर मरी मरी हाँसियो ! अनी घुम्दै जाने भनेर पजेरो छोडेर तल त्रिशुलितिर झरियो । खुट्टा दुखेर कटकटी भाका थे ! तल बजारमा आएर खानेकुरा खोजेको कोइ चाउचाउ बनाइदिने पनि फेला परेनन । त्यहा एकडेढ घण्टा कुरेपछी अरु मित्रहरु माथिबाट झरे ! पत्रकार मित्रहरुलाई नेपाल पर्यटन बोर्ड्ले गाडीको ब्यबस्था गर्देको रेछ त्यसैमा लास्ट सिटाँ कोचिएर काठमान्डु आइयो !
यात्रा समग्रमा रमाइलो भो । सबैभन्दा हाँसोउठ्दो कुरो चाँही खादाको प्रसङ्ग मा भयो । हामी कार्यक्रम नसकिदै झरेम, हामी लाई त खासै खोजी भएन । तर प्रभात भाईलाई चाँही धुइ धुइ खोजेछन र आयोजक मध्यका एकजना खादा बोकेरै तल झरेछन, हामीलाई होटेलमा भेट्टाए त्यही लागाईदे ! मैले Welcome भन्ने हिन्दी फिल्मको एउटा द्रिश्य सम्झे, जहाँ एउटा पात्र अर्को पात्रलाई जहाँ भेटिन्छ त्यही जलाउछु भनेर दाउरा बोकेर कुदेको हुन्छ ! :))
समग्रमा गोरु जुदाइ यात्रा मेरा लागि बिशेश रह्यो किनकी म घर पुग्न भ्याए । देशमा ती गोरु भन्दा बेस्कन नेता र फुटबल खेलाडी समेत जुधेको देख्ने हामीलाई खासै अचम्म त त्यहा केही थेन तर आयोजक हरुको उत्साह हेर्नलायक थ्यो । त्यसै ठाउँबाट सभासद रहेका मन्त्री पोस्टबहादुर बोगटीलाई मोटरसाइकल मा ओसारेको द्रिश्य हेर्नलायक थ्यो, सुन्तला मिठा थे तर पहाडी बाटोमा कुदेका बाइकले धुलो उडाएरै सातो लिए ! :))