गुनासो पुराण

हामीसँग आधुनिक जिन्दगीमा गुनासा गर्नको लागि थुप्रै चिज छन: देशको राजनितिक ब्यबस्था, सरकारी कार्यालयका ढिलासुस्ती, लोडसेडिङ, पानीको अभाब, महङ्गि, गर्ल्फ्रेन्ड को हेअरस्टाइल, उस्का लुगा, दुनियाँको टुइटर र फेसबुक स्ट्याटस, बोली, बानी ब्यहोरा लगायत गन्नै नसकिने गरी गुनासाको फेहरिस्त खोजेर अगाडि पसार्न सकिन्छ, मानौ जिन्दगी बिशेषगरी नेपालीको चाँही गुनासा गर्नकै लागि हो । चियापसल देखी भट्टि सम्म, अफिस देखी घर सम्म, घुम्न जाँदादेखी म्यारिज खेल्दा सम्म यसरी गुनासा गरेका हुन्छौ हामीले मानौ यो दुनियाँमा बाँच्न योग्य र जिउन योग्य कुनै कारण नै हुँदैनन । मैले कतै सुनेको (यो आधिकारिक् होइन):कुनै एकजना नेपालका महान नेताले बिहे गरे, बिचरा त्यो बेला बिहा अगाडि देख्ने चलन नै थेन, श्रीमती अलिक काली परिछन बाले खोज्देका । काली भएनी उन्लाई आफ्नी श्रीमती उल्का राम्री लागिछन । सात आठ दिन पछी जब उनी साथी भेट्न हिंड्न थाले अरु पो गुनासो गर्छन् बा "तपाइ जस्तो नेताकी श्रीमती खासै राम्री परिनछन् है।" बरा आफुलाई उल्का मन परिरछ अरु त्यसो भन्छन, कमेन्टले आजित भएर उन्ले भनेका थे रे "मैले अप्सरा नै ब्या गरेर ल्याको भए नि ७-८ दिनपछी मान्छे यसैगरी गुनासा गर्थे होलान।" :)
यो कथा साधारण नै हो तर यस्बाट हाम्रो गुनासो धेर गर्ने बानी थाहा हुन्छ । म त गाउँतिरको मान्छे, गाउँमै हुने बिहाभोज सम्झन्छु । गाउँ मा बिहाभोज तिर क्याटरिङ्ग त हुन्न, आँफै खसी काटेर गाउँकै मान्छे धोती कछाड फेरेर पकाउन बस्ने हुन । भोज त केही बाँकी नराखी खान्छन तर समस्या कमेन्टले ल्याउछ । अलिक झोल हालेर पकायो भने "च्याङ्ल्याङ्ग गण्डकी ओइराएछनी" भन्दिन्छन, अलिक कम झोल राख्यो भने निस्तै पार्दियो भन्छन । हामी त सानो छँदा बारीको पाटामा डल्ला माथि टपरी लेर खान बस्यो, भातमा हालेको दाल र मासुको झोल चाँही टपरिको प्वालबाट चुहेर सबै खेतमा गैहाल्थ्यो, भात खाने बेला जहिले निस्तै । त्यो बेला सानो भएर मात्र नत्र हामी पानी गुनासो गर्दा हम । :)
अब अलिक गम्भिर कुरा गरुम । मलाई गुनासाका कुरा सुनेसी अङ्ग्रेजी कबिताका महान कबी जोन किट्स याद आउछन । तिन्को जिन्दगीमा सुख भन्ने कुरा कही कतै झल्को पनि देखिन्न । सानैमा बा मरे घोडाबाट लडेर, आमा पोइला गइन्, त्यसपछी क्षयरोग ले बितिन, पढ्न पाएनन, बाँकी रहेका परिवार पनि क्षयरोग् ले सकिए, आफु पनि २६ बर्षकै उमेरमा क्षयरोग् ले बिते, जीबनी कसैले लेखेन अझ भनम साह्रै बिबादित छ, मर्नुभन्दा केही अघीमात्र उनका केही कबिता छापिए, बाँकी सबै मरेपछी छापिए । समग्रमा हेर्दा उन्ले त सधैं complain या Comment मात्रै गर्नु पर्ने हो । उन्का नजिकका साथी शेलीले कतै लेखे "मैले किट्सलाई हाँसेको कहिले देखिन।" तर तपाईं उनका रचना पढ्नुस्, कुनै कोणबाट गुनासो छैन, कुनै भगौडा या जिन्दगीसँग डराएर छाटिने अनाबस्यक दर्शन छैन । साधारण भाषामा उनी सम्झाउछन "कला या अन्य बहुमुल्य चिज जती सुकै महत्वपूर्ण हुन, ति चिसा छन्; जिन्दगी जतिसुकै दयनिय, जतीसुकै दु:खपूर्ण, जतिसुकै भ्रामक होस्, जिन्दगै न्यानो छ, यस्को आफ्नै न्यानोपन छ।" तपाईं जे रहनु बाचुन्जेल हो, मरेपछी तपाईंका सालीक बनाउलान मान्छेले, के अर्थ? किनकी त्यो निरर्थक छ । पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेर बिते, उन्को सालीक पनि छ सिंहदरबार कै बाहिर औलो ठड्यार बस्याछन अंपाएर जसरी, तर के अर्थ ? झोक चलेका बेला उनिसँग गएर गुनासो गर्न मिल्छ ? उनी जुन गेटमा पाले जसरी बस्याछन, त्यही भित्र बसेर एक हुल भतुवा सधैं देश टुक्र्याउने कुरा गर्छन्, तिन्का औलाले डाँकाहरुलाई छेक्नसक्छ ? अबस्य सक्दैन । त्यसैले जिन्दगीको अर्थ जिउनुमा छ, हाँसी हाँसी जिउनुमा छ । मर्ने अझ मरिदिने, प्राण त्याग्दिने यता त्यता सब दिग्भ्रमित कुरा हुन । जिबन न्यानो छ, यस्को न्यानोपन नघटुन्जेल यस्का चुनौतीसँग भिड्नु नै यस्को समाधान हो ।
तपाईं भन्नुहोला यत्रो दु:ख छ, यत्रो टेन्सन छ, कसरी न्यानो हुन्छ ? तर यसो सोच्नुस्, तपाईं धेरै भाग्यमानी हुनुहुन्छ । तपाईं जुम्ला को मालिकाठाँटा या मुगू को सेरी गाबिसमा जन्मेको भए ३-४ लगाएर चामल खेपेर खानुहुन्थ्यो कि खानुहुन्थेन ? सुडानमा जन्मेको भए WFP को चामलको लाइन बस्नु पर्थ्यो कि पर्दैनथ्यो ? तपाईं अहिले ब्लग पढ्नुहुन्छ, बजारमा आएका नयाँ ग्याजेटको पछी पछी यसरी दगुर्नु हुन्छ कि त्यो नभए चुलो बल्दैन, अनी पनि तपाईं हामी गुनासो गर्ने ?हाम्रो दु:ख हाम्रो आफ्नै सोचाइ र ब्यबहार ले गर्दा आउने हो त्यसैगरी जान्छ पनि । दुई दिनको जिन्दगी मजाले बिताउदा राम्रो । Stephen Hawkins लाई बिसौ शताब्दीका आइन्स्टाइन भनिन्छ र उन्का आफ्नै बाउ मेडिकल सर्जन हुन । तिनी त २० बर्षदेखी थला परेर Wheelchair मा हिड्छन भने तपाईं आफुलाई Medical Science या रामदेब बाबाले बचाउलान फेरी यस्तै न्यानो जिन्दगी देलान भनेर नचिताए नि भो । जतिदिन न्यानोपन छ, त्यतिदिन जिन्दगी छ, खेर नफाल्नुस् ! अस्तु !

3 comments:

  1. babaal dami. i loved the way you think. and liked to be as u. thank u bro.

    ReplyDelete
  2. What a positive attitude towards lifestyle.... Completely liked the post. Marvellous way of presentation and series of facts produced makes the poost worth reading and this truly drives me towards positivity.thank you for changing my attitudes. :))

    ReplyDelete
  3. perfect
    पृथ्वीनारायण शाह जुन गेटमा पाले जसरी बस्याछन, त्यही भित्र बसेर एक हुल भतुवा सधैं देश टुक्र्याउने कुरा गर्छन्

    ReplyDelete

ShareThis