कामरेट बाउराम र बालकृष्णका नाममा #DrBaburamBhattarai

Baburam Bhattarai
 टुइटरमा कुरा अलिक चर्कै परेपछी आज ब्लग लेख्ने झोक चल्यो । मैले वकालत गर्ने कुनै पार्टी या संगठन को बिरुद्द भन्दा पनि दन्डहिनता र बिधीहिनता को बिरुद्द हो, जुन गरिनै रहन्छु । आज एक अदालत बाट हत्यारा प्रमाणित् भैसकेको ब्यक्तिलाई जोगाउन र चोख्याउन जुन कसरतहरु भएका छन त्यो राम्रो संकेत होइन । देश बिधिले चल्छ, कानुन र संबिधान ले शासित हुन्छ, बाबुराम या झल्लुराम हरु त्यस्का प्रतिनिधि पात्र हुन । तिनिहरु कानुन भन्दा माथि छैनन र तिन्ले कुनै काम गर्दा कानुन या संबिधान अनुसार गर्नु पर्छ । यदी तिन्ले आफुलाई कानुन भन्दा माथि ठान्छन भने त्यो ठुलो भुल हुन्छ । पहिले पञ्चायत काल देखी गणतन्त्र नआउदा सम्म राजाले "महाराज द्वारा बक्सियो" भन्ने जुन शैली प्रयोग गर्थे, बाबुराम ले आफुलाई त्यस्तै अब मैले नि बक्से हुन्छ भन्ने ठान्छन् भने तिन्ले सत्तोसराप गर्ने गरेको सामान्ती राजतन्त्र र अहिले को शासन ब्यबस्थामा के फरक रह्यो र ?
१० बर्षको युद्दकालमा निकै ज्यादतीहरु भएका छन: दोरम्बा, खारा, मैना सुनुवार कान्ड, चितवनको बारुदी सुरुङ बिस्फोट लगायतका कान्ड हरु प्रतिनिधि घटना मात्र हुन । ति सबै घटनाको निस्पक्ष रुपमा छान्बिन हुनुपर्छ, तर बाबुराम ले गरेजस्तो आँफैले गल्ती गर्ने आँफै ले छन बिन गर्ने र आँफैले माफि दिने शैलीमा पक्कै होइन । नेपालको अन्तरिम संबिधानले यि सबै कार्यको लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग को परिकल्पना गरेको छ । त्यो आयोग गठन गरेर पीडित पक्षलाई समेत राखेर माफि दिनु पर्ने या कारबाही गर्नुपर्ने भन्ने कुराको निर्क्यौल हुनुपर्छ, न कि कसैको नजिकको या कसैले चिनेको हुँदैमा त्यल्लाई जोगाउन माफि बक्सिने शैलीमा । पीडित, बेपत्ता परिवार तथा घाइतेहरुका आवाज सुनिनुपर्छ र ज्यादाती गर्ने कुनै पनि पक्ष सुरक्षाफौज, माओवादी या अन्य बादी हुन, तिन्लाई कारबाही हुनुपर्छ । तैले पनि गरिस मैले पनि गरे भो चुप लागौ भन्ने शैलीमा सुटुक्क लाउकेहरुले क्षमादान दिने होइन, पीडित तथा उस्का परिवारलाई समेटा सकेसम्म त्यस्मा राजी गराउने प्रयास हुनुपर्छ ।

हाम्रो देश आज सम्म बिग्रेकै ठालु प्रबिर्तीले हो, सत्तामा जो हुन्छ उस्ले देशलाई आफ्नो बाउको भन्ठान्छ, समस्या त्यहिबाट शुरु हुन्छ । आफु सत्तामा छदा जे गरे नि ठीक र आफु नभएसी जे गरी नि बेठिक भन्ने एउटा रोगी प्रबिर्तीले देश ओरालो लागेको हो । आज माओवादी र मधेसबादी सरकारमा छन, भोली कुनै अर्कै बादी आउला तर बिधी, नियम, कानुन सबैले मान्नुपर्छ र कानुनद्वारा शासित समाज हुनुपर्छ । आफुले सक्ने बेलामा बाटो भरी दिसा गर्ने र आफुले नसक्ने भएसी अर्काले गरेको गनायो भन्नु मुर्खता हो । आजै बाट बाटो सफा गर्न थाले भोली बाटो फोहोर गर्नेलाई लाज हुन्छ । यत्रा पढेका डाक्टर प्रधानमन्त्री छन, कानुन बनाउनुपर्‍यो, मिलेको छैन भने मिलाउनुपर्‍यो । हाम्ले ढाड भाँची भाँची कमाको पैसाले कर तिरेर तिन्का शाखा सन्तान समेतका भुँडी भर्ने ब्यबस्था गरेकै छौ, कस्को यत्रो हेरिरा त ?

तर आफुले घोषणा गर्दैमा सामान्ती हुने, माओवादीले जग्गा तथा सम्पती लुटेर तँ सामान्ती होस् दिन्न भन्न पाइन्न । कसैले बढी सम्पत्ति राखेको छ भने नियम बनाएर राज्यले लिनुपर्‍यो न कि कुनै पार्टीका आरौटे भरौटेहरुले । एउटै पार्टीको प्रधानमन्त्री चाँही जनआन्दोलनको दोषी दुर्जकुमार राइलाई बढुवा गर्ने, बेपत्ता को छानबिनमा कुनै चासो नदिने, युद्दका क्रममा भएका ज्यादतीहरुका बारेमा चुँ सम्म नबोल्ने अनी त्यही पार्टिका अर्को ग्रुप लुटेको सम्पत्ति फिर्ता नगरने शान्ती सम्झौता र नियम कानुन मान्दिन भन्ने तर त्यही नियम कानुन अनुसार आउने भत्ता घिचेर बस्ने चाँही तुगलक प्रबिर्ती हो । जनयुद्दका क्रममा कुनै सुरक्षाकर्मी, कर्मचारी या अरु दलका कार्यकर्ता ले नचाहिदो गरेको छ भने कानुन बनाएर कारबाही गरे भैगो नि । ति माओवादीहरु आँफै सरकार मा छन, मैना सुनुवार को हत्यारा निरन्जन बस्नेत लागायतलाई कारबाही गरेर देखाउ न ल ठुला कुरा गर्नु अघी । राष्ट्रिय मानब अधिकार आयोगले छानबिन पछी गरेका कारबाही सिफारिस ९० प्रतिसत अलपत्र छन । के हेर्छौ बाउराम गर न कारबाही । तर कानुन बनाएर कसैले माफि बक्सिने शैलीमा होइन । कानुनको अगाडि सबैले आफुलाई सफाइ दिने मौका पाउनुपर्छ, साथै दोशी भेटिए सजाँए भोग्न तयार समेत ।

कुरो आयो बाबुरामको, यिन्लाई केही आइडिया छैन शायद यिन्ले कती ठुलो मौका खेर फालेका छन् । म जस्ता कुनै पार्टीप्रती आस्था तथा आस नभएका धेरै जनताको सद्भाब तथा शुभेच्छामा लात हानेका छन् । उन्लाई अहिले त रमाइलो लाग्दै होला, प्रधानमन्त्री को कुर्सिको न्यानोमा । तर एउटा कुरा के बिचार  गरुन तिन्ले भने ओछ्यानमा पिसाब फेरेभने पनि नसेलाउन्जेल त न्यानै हुन्छ, सेलाएर ढाडिएसी बल्ल थाहा हुन्छ के गरेर भ्याइयो भनेर । तिम्रा कुनै आफन्त या कोही साथीलाई कसैले युद्दको नाममा या कुनै राजनीतिक संगठनको नाममा कसैले निर्दयितापुर्बक गोली हानेको, तिम्रा कोही महिला आफन्तलाई कसैले बलत्कार गरेको या तिम्रा कुनै पुरुष आफन्तलाई आफ्नै सन्तान र जहानको अगाडि गोली हानिएको र अहिले त्यल्लाई आममाफी दिन लागिएको भए तिमी यत्तिकै जोडले चिच्याएर आममाफिको वकालत गर्थ्यौ ?? सकछौ तिमी ? आफु पदमा हुँदा माखो नमार्ने र सधैं कुर्सी जोगाउन मरिमेट्ने अनी पद बाट खुस्केपछी कट्टुमा छेर्ने गरी क्रान्तिका कुरा गरेर सोझा जनता को दिमाग बिगारनुको केही अर्थ छैन । सक्छौ केही गर, सक्दैनौ भने तिम्रा ति कुहिएका भाषण हामीलाई नसुनाउ । हामीलाई शान्ती चाहिन्छ, सुब्यबस्था चाहिन्छ र द्वन्द को समयमा ज्यादती गर्ने हरु जतासुकै का हुन कारबाही हुनैपर्छ । त्यती गर्न सक्दैनौ भने तिमी मर्नु र बाच्नु, तिम्ले पढेको, तिम्रा सिद्दान्त को के अर्थ छ र ?

Finally this video of family of Ujjan Shrestha

http://www.youtube.com/watch?feature=player_embedded&v=v71G_4Wohg0

Some highlights of Conflict in Nepal (conducted by UCPN Maoist) for 10 years!!!

KILLING PEOPLE IS WRONG


The son of a civilian killed by Maoists in Bhaktapur comforts his sisters
.
An army honour guard salutes fallen comrades at Pashupati's cremation site in February 2002 after the battle for Mangalsen.

Kailash Gupta who sells corn on the roadside in Nepalganj is only six, his mother died in a Maoist landmine blast in which his sister Tara was injured.

Muktinath Adhikari's body lies crumpled near his village in Lamjung after he was tortured and killed by Maoists in 2002.

Debi Sunuwar, the mother of 15-year-old Maina Sunuwar after learning that her daughter was dead eight months after being disappeared from her village in Sindhupalchok by the army in Feburary 2004.

Parbati Duwadi of Thanti in Lamjung lies in a pool of blood after being killed in a crossfire while her brother-in-law holds her infant son.

Students from Krishna Secondary School in Lalitpur on being released in July 2004 by Maoists after three days of forced-marches and indoctrination.

Syani and Kumle Praja of Jogimara in Dhading who became widows at age 15 when their husbands were killed by the army in Kalikot in 2002.

Bodies of policemen who were killed in the trenches of Satbaria after a Maoist raid in April 2002.

Maoist leaders Prakash Dahal (Prachanda's son) Baburam Bhattarai, Hisila Yami, Ram Bahadur Thapa and Prachanda at an undisclosed location.

Sona
Just before noon on 9 May 2004 a crowded Kathmandu-bound bus from Jiri stopped at Mainapokhari. Suddenly, a fierce firefight broke out between soldiers and the Maoists in the slopes above. The bus was caught in the crossfire and was riddled with bullets. It was all over in 15 minutes, combatants on both sides suffered casualties. Six passengers in the bus were also killed.




6 comments:

  1. Really wonderful post. Cursed them all who is politically involved in those cases and this #BRB govt. who is trying to bring back the case of Ujjan Shrestha.

    ReplyDelete
  2. Pleasure to read such a good blog.. हैन जातीय भेदभावका विरुद्ध त माओबादी आफै चर्को नाराबाजी गर्थ्यो हैन र? अनि एउटा नेवार केटा ले बाहुन केटि बिहे गर्यो भन्ने निहुमा त्यस्तो निर्ममता पुर्वक हत्या गर्नु चै कत्तिको justifiable छ ?? अझ त्यस्ता हत्यारालाइ बचाउन खोज्ने ?? बाबुराम भट्टराईबाट त कमसे कम यो अपेक्षा थिएन.. जनताका लागि केहि राम्रो गर्न सक्दैन भने राजीनामा दे भैगो त.. धिक्कार छ बाबुराम र उसको Dr. degree लाइ..

    ReplyDelete
  3. reality lai blog ma utarnu bhayekoma thanks a lot n i wish keep on writing n fighting..................

    ReplyDelete
  4. Janak Ji !
    This post is where I'd refer everyone who have forgotten what maoists had done to the nepali society.

    ReplyDelete
  5. The brutal killing and the death sentances as seen here are just the represantation of the coward journey of Maoists' political hypocracy in Nepal. There are much more other incidents as these which could never be read out in public. Maoists are nothing but a group of inhumans but favoured by instable political condition of Nepal, otherwise every single Maoist should have been self distroyed with the most brutal experiences as one can even think.

    ReplyDelete
  6. प्रधानमन्त्री बाबु राम लाई कसैले जित्न सक्दैन उनि जहिले पनि प्रथम हुन्छन , मन्त्रिपरिषद मा हत्याको आरोप लागेका मान्छे हरु सबभन्दा बढी उनीले नै राख्न सके , अनि अहिले सम्मको इतिहासमा सबै भन्दा जम्बो मन्त्रीमंडल पनि उनीले नै निर्माण गर्न सके , वा क्याबात............. कमरेड मुस्तांग | जहिले पनि जहाँ पनि प्रथम

    ReplyDelete

ShareThis