Casual talk! I found it to be funny! :))

( यो आज म रत्नपार्क बाट हरिहरभवन अफिस सम्म आउँदा एक जोर केटाकेटी को कुराकानी हो, पहिला मलाई दिक्क लाग्याथ्यो, पछी रमाइलो लाग्यो र सम्झेको जती लेख्दें, सकेसम्म Edit नगरि ! जाँगर लाग्ने ले पढ्न सक्नुहुन्छ, आजकाल को पुस्ताको प्रतिनिधित्व गर्छ यस्ले जस्तो लाग्छ । )
...............
गफ कहाँबाट शुरु भाको थ्यो थाहा भएन, म पुग्दा केटी यस्तो भन्दै थिन :- "...... मेरो दाजुको गल्फ्रेन छैन, पहिला एउटा थ्यो त्यल्लाई लास्ट ट्रु लभ गर्नुभाथ्यो, म्यारिज हुनेसम्म कुरा भाथ्यो, पछी ब्रोक अप भो स्याडिस तरिकाले...... त्यही भएर दाइलाई आजकाल का केटी देख्यो कि गिदी हुन्छ "
केटा :- किन नि ब्रेक अप ?
केटी :- बिहा गरुम भन्दा हुन्छ भनी रे केटीले, दाइले कुरा चलाएसी त हामी राम्रो साथी मात्रै हो मैले त्यस्तो सोच्या छैन भन्दिछे, अनी त दाई त लास्ट सेन्टी भएर गाली गर्दिनु भएछ क्या रड्डी भो भन्या हैन, ब्रेक अप भै हाल्यो अनी त !

केटा :- तिम्रो चाँही ब्वाइफ्रेन छैन
केटी :- छैन, दाइले लभ गरिस भने राम्रो हुन्न भन्नुभाछ
केटा :- अनी नैकापतिरको को हो सँग रिलेसन छ भन्थ्यौ त ?
केटी :- अहिले त होइन हन, पहिले थ्यो, म चाँही उल्लाई लास्ट ट्रु लभ गर्थे, उल्ले मलाई बाल हान्यो, अर्को छप्की पाएर
केटा :- अनी ??
केटी : मलाई लास्ट गाह्रो भो, मैले हात को नशा पनि ब्लेड हान्द्या थें दुई तीन ठाउँ
केटा :- खोइ त देखिन्न त
केटी :- पहिला गहिरो गहिरो मार्क थ्यो, अहिले त पुरियो
केटा :- अनी अहिले कोइ छैन
केटी :- छैन, त्यही केटा प्याच अप गरुम भन्दै थ्यो मलाई, मैले बाल हान्दे । एक दुई डेट त गाको । अब त गरे नि ट्रु लभ नगर्ने ! :))
 केटा :- त्यो के गर्छ नि केटो
केटी :- खोइ कुन हो पार्टी को विद्यार्थी नेता हो रे, सधैं जुलुस लेर हिड्छ
केटा :- आच, नेता सँग नि के लभ गरेको त यार । रड्डी हुन्छन तिनारु
केटी :- त्यै त है, यो राजनितिमा लाग्ने मान्छे प्रस्टै चिनिने के, सानै देखी स्वार्थी
केटाकोमा फोन आयो अनी उठायो, "हेल्लो ...... म सिंहदरबार पुगे, सात दोबाटो जादैछु, ....... फर्केर आर दिउला हुन्न? ......! कहाँ जाने, के चेक अप, स्किन के भो ? बाफ रे, एलर्जी भो होला । ....... ल ल धेरै केटाहरुले हेरुन भनेर हो ?? अल द बेस्ट ।"
केटी :- गर्ल्फ्रेन छैन भन्या होइन त ? को हो नि उ ?
केटा :- पहिलाको गर्ल्फ्रेन हो, मोबाइल गिफ्ट किन्देकी थि, ब्रेक अप भएसी त त्यस्को पैसा मागेर लास्टै र्याक हानी ।
केटी :- अनी घर जानु पर्दैन त ?> दसैं लाई
केटा :- आफु त कान्छो छोरो, झ्याप्प गएर दिने मात्र, दाइले गर्छ त
केटी :- क्या जाम हो काठमान्डुमा क्या गर्मी, यो नेताहरुले बिगारेको हो सब
केटा :- के सुनिरा
केटी :- रिओ भन्ने मुभी थ्यो नि बर्ड हरुको त्यस्कै गीत हो, लास्ट दामी मुभी छ (केटिले मुभी को कथा सबै भनी ....... त्यो लास्ट मा किस गर्दा त सारो रुन मन लाग्ने के, मलाई त बबाल हिट भो हर्ट मै
केटा :- मलाई त यो नेपाली फिल्म को नाम सुन्यो कि हेक्टी लाग्छ
केटी :- कुन नेपाली फिल्म हेरेको छौ
केटा :- हेरेको त छैन मलाई त नाम सुनेरै पात लाग्छ
केटी :- म त english फिल्म मात्रै हेर्छु, गीत पनि english मात्रै
केटा :- अनी यस्तो रड्डी हाफ प्यान्ट के लगाको, अलिक स्टाइल हान्न पर्छ नि
केटी :- बाउले गिदी गर्छन् यै लाउदा त, हाम्रा बाउ क्या ब्याकिस छन भने, के भन्नु ?
केटा :- अनी हामी बिदेस गएसी नि यस्तै लुगा लाउनु त ? कस्तो क्या अब
केटी :- नेपालमा बस्ने त चान्स नै छैन, के छ र बस्नु, रुल रेगुलेसन डिभलप्मेन्ट केही भए पो । फ्रिडम नि छैन लाइफ बर्बाद मात्र यहाँ त । नेताहरुले सब बिगारेका हुन !
केटाको फेरी फोन आको थ्यो म गाडीबाट ओर्ले ! :P

6 comments:

  1. copy paste garda double parecha...heheh ramilo gaf..yesta gaff maile ni dherai sunechu..sounds intresting ...

    ReplyDelete
  2. haa haa haa corrected! :)) garda gardai tyasto bhaechha unicode ma! :))

    ReplyDelete
  3. पक्कै पनि आजकाल
    को पुस्ताको प्रतिनिधित्व गरेको छ लेखले . . . Nice one:)

    ReplyDelete
  4. Good one... keep posting more stories like this... it's funny, at the same time explains what kind of future we are looking at... Good job...

    ReplyDelete

ShareThis