पागल र सद्दे मान्छेहरु

आज धेरै दिन पछी ब्लग लेख्ने मुड भो, थापाथली चोकमा सधैं टोपी लगाएर कुद्ने पागल लाई देखेर ! हुन त मैले त्यो पागललाई लगभग दिनहु देख्न थालेको लगभग तीन बर्ष भो,कहिले ज्याकेट लगाको हुन्छ, कहिले सर्ट मात्रै लगाउछ, कहिले पुरै कोट प्यान्ट मा हुन्छ । तर सधैं को त्यस्को समानता के हो भने त्यल्ले उनले बनाको प्रचन्डले जनयुद्द कालमा लाउने जस्तो टोपी (अहिले त बिर्सिसके होलान हाम्ले चाँही तस्बिर मा देखेको) लगाउछ, जाडो होस् या गर्मी, झरी होस् या सितल, टोपी लगाउन छोड्दैन ।
तपाईंले उस्लाई बिभिन्न मुद्रामा देख्न सक्नुहुन्छ, कहिले ऊ सडक बार को रेलिङ मा उत्तानो परेर पल्टेको हुन्छ त्यो पनि उपरखुट्टी लगाएर, कहिले रामदेब मुद्रामा पुरा आसनमा बसेको हुन्छ, कहिले त्यत्तिकै हिडिराखेको हुन्छ । तर एउटा बिशेषता के छ भने बाटोमा हिंड्नेलाई ढुङ्गा हान्ने तान्न जाने गर्दैन, कहिले कराउछ, कहिले त्यत्तिकै बस्छ !
अरुलाई के लाग्छ कुन्नी, मलाई चाँही त्यो मान्छे विद्वान पागल लाग्छ, उस्ले दैनिक हाम्रो आपिसको गाडीमा लेखेको नाम पढ्छ र दैनिक कुनै प्रतिकृया जनाउछ, कहिले गाली गर्छ, कहिले गिज्याउछ, कहिले खिस्याएर हाँस्छ र कहिले रुँला झै गर्छ । हाम्रा आपिसका अरु मित्र हरु (बिशेषगरी महिला मित्रहरु) को लागि ऊ Refreshment हो थापाथली चोक मा किनकी जाम त डेली हुनु नै छ । तर म चाँही उलाई चुप लगाउने प्रयास गर्छु धेरै जसो, कहिले चिया सेलायो भन्दिन्छु, कहिले नमस्ते गर्दिन्छु, कहिले जवाफ पनि दिन्छु । तर मलाई उदेक लाग्छ, त्यती धेरै कुरा थाहा भाको मान्छे कसरी पागल हुन्छ, फरर english बोल्छ, हरेक दिन नयाँ Topic मा कुरा गर्छ,सबभन्दा महत्वपूर्ण कुरा उस्लाई थाहा छ के बोल्दैछ भन्ने ! यहाँ बोलिको ठेगान नभएका आज एउटा भोली अर्का कुरा गर्ने हरु देश हाँक्न दरिएका बेला त्यो सही कुरा गर्ने मान्छे चाँही पागल भनीइएको छ, हाम्रा आपिसका केही थाहा नपाएका मान्छे हाँस्छन उल्लाई देखेर । एउटा अचम्मको कुरा आजकाल मान्छे को हाँसो क्या यान्त्रिक भाको छ, त्यही मान्छेलाई उस्तै देखेर पनि मान्छेलाई सधैं किन हाँसो उठ्छ क्या ?? कतै दैनिक आउने हाँस्य सिरियलले गर्दा मान्छे जे हेरेनी सोनी टिभी को Laughter challenge मा आउने अर्चना पूरण सिंह जस्तो पो भा हुन कि ? एउटै मान्छे, एउटै ठाउँ, एउटै बिषय मा कती हाँस्छन मान्छे >?
उस्का जिज्ञासा सद्दे मान्छे का भन्दा जायज छन, मलाई थुक्क केही गर्न सकिएन जस्तो लाग्छ । त्यसैले म धेरै जसो उस्को प्रश्नलाई तर्काउने प्रयास गर्छु । दन्डहिनतालाई सधैं बढावा दिने नपुन्सक सरकार बन्छन, जस्मा आफुलाई नपरुन्जेल मानब अधिकार भन्ने कुराको सधैं मजाक हुन्छ । आमा प्रब्रिती त्यही नै हो, आफुलाई आपत परेसी सम्झिने शब्द हो मानब अधिकार । रौतहट मा २८ जना मारिएसी माओबादिले अलेली सम्झे, गाउबाट लखेटिएर भाग्न परेसी एमाले र काँङ्रेसले सम्झे, अनी सत्ता गुमाएसी राजाले, घूश खार जेल परेसी ठुलाबडाले । नत्र अधिकांस समय फुर्सद को गफ हो यो । उदेक लाग्छ, कती दु:ख पाएसी चेत्छौ क्या हामी ? म ६ बर्षदेखी यो रमिता हेर्दै छु,कही कतै कोही जिम्मेवार छैनन, जो पीडित छ रोएको रोएकै, पीडित नभएका लाई सधैं हँसिमजाक ।
जुम्लामा मैले भेटेका मनिराम धराला का बा-आमालाई सम्झन्छु कहिले काही, २३ बर्षको उमेरको काम गरेर पाल्ने एउटा मात्रै छोरो आर्मिले गोली हानेर आतंककारी भनेर पुर्देर हिड्यो, बुढा बुढी दुबै अन्धा थे, नमरेका भए के हालत भो होला तिन्को ? ति बाजेको फिस्स हाँस्दा देखिने सेता दाँत र रगत सकिएका हात सम्झन्छु, गजबको स्मरण शक्ती थ्यो तिन्मा, मलाई बाटो हिड्दा स्वरैले चिन्ने, र "मासु खान मन लाग्याछ" भनेर फिस्स हात पसार्थे, मेरो स्वर सुनेपछी उन्मा पलाउने मासु खाने इच्छा सम्झन्छु । तिन्लाई मार्ने तक्मा भिरेर चिल्ल गाडीमा यता र उता गर्दा हुन, तर ति बुढी अन्धीआमैले पोतेको बाङ्गो पिढी अहिले नि त्यस्तै होला जिउदै भए !
अन्तमा, जिज्ञासा छ मन मा, खास पागल को हो ? पागल हुनलाई के बिशेषता हुनुपर्च हँ साँच्ची ?? त्यो थापाथली चोक को पार्टनर बरु चिन्तित छ देशको बारेमा हामी चाँही ढुक्क छौ । को बढी पागल होला है ??

11 comments:

  1. Even i wonder, what he might have gone through that he ended up like this. We seriously need to redefine insanity. He is far better than those so called diplomats, gambling with our future..our country..

    ReplyDelete
  2. "पागल" भनेको यस्तो पदवी हो जुनकि मानसिक सन्तुलन गुमाएका व्यक्तीहरूलाइ दिइन्छ । भन्नाले उसको विचार, ज्ञान, कर्म सही भएपनि उसले यसमा सन्तुलन राख्न नसकेपछि पागल ठहरिन्छ यो समाजमा । तिम्रो यो उदाहरण पनि यही हो । हुन त प्रत्येकमा पागलपनको छनक पाइन्छ बेला बेलामा ।
    तिमीले देखेको यो थापाथलीको पागल पनि विद्वानै हो । उसको विचार मरेको छैन । तर यो समाज र विज्ञानले उसलाइ पागल करार गरिसक्यो । तसर्थ उसले राम्रै कुरा गरेपनि समाजले पागलपन सम्झन्छ र हाँसेर उडाइदिन्छ । हाम्रो देशमा धेरै विद्वानहरू यसरी नै हाँसोमा उडाइएका छन् ।
    लेखाईमा जनकको विचार चिच्याएर बोलेको छ । केही व्याकरणगत र भाषागत कमजोरीहरू छन्, लेखाइ सँग सँगै सुध्रिदै जानेनै छ । Keep it UP!!

    ReplyDelete
  3. हाँस्न मन लागिरहेको विहान देखी र हाँसीरहेको म , आखिर मेरो हाँसो त्यसै विलायो , आखिर मानिसलाई पागल कसले बनायो !

    ReplyDelete
  4. यो जुम्ला कथाले त मैले बागलुङमा भेटेका माओवादीले लेखेटेर सदरमुकाम आएका एकजोडी वृद्धको कथा याद आयो । दुव्ला चिप्रा आखा अनि कुप्रा परेका दुवै, जसलाई सरकारी खाली गोदाममा प्रशासनले राखेको थियो । वृद्धालाई छोडेर आएको आफुले पालेको बाख्राको खुव पीर थियो । मैले भेट्दा भोकै थिए । तिनिहरुलाई स्टोभ दिएर स्टोभ बाल्न पनि सिकाई दिएका रैछन् । पछि पकाउने बेलामा आखाको कमजोरीले स्टोभमा पिन ले खोल्न नसकेर स्टोभ नबलेको कारण त्यतिकै भोकै रहेछन् ।
    युद्ध सिद्धिएपछि अहिले ठ्याक्कै त्यही ठाउमा वाई सि एलले कव्जा गरेर बसेका रहेछन् । अहिले त्यहा वाई सि एलको अड्डा जमेको छ रे ।
    पछि थाहा पाए उनीहरु गाउ फर्के रे । खै यो देशको हो कि तिनिहरु आफ्नै जिन्दगीको नियतिले हो त्यो बुढेसकालमा पनि त्यसरी दुख पाउन बाध्य भएका ति वृद्धाहरु अहिले ज्युदै होलान कि मरे हुनन् । ज्युदै भए अहिले चौपारी हुदै बसेर के सोच्दा हुन् ।

    ReplyDelete
  5. त्यो पागलको बारेमा थप कुरा जान्ने जिज्ञासा पो पलायो , यसमा त्यस्को कमी हो कि ? अनि जुम्लाका बुढाबुढीका घटना पनि प्रसंग मात्र भन्दा पनि त्यस्लाई पनि आफूले अनुभव गरेका कुराहरु जम्मा गरेर पूर्ण गरे हुन्थ्यो नि भन्ने लाग्यो ।
    जो दुनिंयालाई अरु भन्दा पृथक तरिकाले सोच्छ , बुझ्छ त्यो पागल हो ।
    समग्रमा राम्रो लाग्यो ।

    ReplyDelete
  6. forward it to CA Hall, baneshor. Its good picture of the hall and the so called gentles in nepal

    ReplyDelete
  7. suprina, thanks for ur comments!
    @sabin bro, ur comments granted so valuable! will try to avoid those in next!
    @addkali, thanks for ur likings!
    @singhnrn, we have lost many things and valuable faces to bring this hypocritical situation!
    @dinesh guru, will think about writing about jumla in full!
    @nim jee, wht can be done?? nobody cares human rights until disaster happens to themselves!
    thanks everybody for nice words!

    ReplyDelete
  8. शुध्दाशुध्दी लाइ छोडेर बल्ग आफैमा उत्कृष्ट छ। साँचो भोगाइ अक्षरहरु भएर छचल्किएका छन।

    ReplyDelete
  9. पागल र सद्दे मान्छे बिच को भेद छुट्याउन साह्रै गाह्रो छ !!!

    ReplyDelete
  10. wonderful मलाई मन पर्यो बास्तबिकता यहि हो, पागल हो बोलिदिन्छ
    सद्दे भाभे दनियाँ सोच्नु पर्थ्यो चुप बस्थ्यो, अझ लेख ऊत्तम छ।

    ReplyDelete

ShareThis